Posts

Showing posts from March, 2026

विभिन्न बौद्ध गुम्बाहरुमा छेचु पुजा सम्पन्न

Image
पेशोक न्यूज अप्डेट्स: २८ मार्च । आज पेशोक चियाबारीको बौद्ध गुम्बाहरुमा चैते दशैं यानी चैत्र महिनाको दशमी तिथिमा गरिने छेचु पुजा आयोजना गरियो। प्राप्त जानकारी अनुसार, पेशोक चियाबारीको टाँसी छ्योइलिङ गुम्बा अनि उग्येन दिछ्येन छ्योइलिङ गुम्बा, बडा मंगवा बस्तीको उग्येन थार्पालिङ गुम्बा, दस माईल, लप्चु लगायत अन्यान्य बौद्ध गुम्बाहरुमा विधि विधान अनुसार दशमी पुजा जसलाई छेचु पुजा वा गुरु रिम्पोर्छेको जन्म दिनको रुपमा पालन गरिने गरेको टाँसी छ्योइलिङ गुम्बा अनि उग्येन थार्पालिङ गुम्बाका सहसचिव अनि सचिव क्रमैले रुप कुमार योञ्जन अनि अमृत मोक्तानले जनाएका छन् । 

तीन दिने चैते नवरात्री पुजा समाप्त

Image
पंखरे गावँ समाज परिवार द्वारा आयोजना गरिएको गत २५ मार्च देखि शुरु गरिएको तीन दिने चैत्र नवरात्री पुजा वा चैते नवरथा पुजाको हिजो समापन गरियो। तीनधारेका आचार्य पं० शेषराज रिजालको मुखारवृन्द बाट मन्त्रोच्चारणको गरिएको पुजा, हवन आदिमा स्थानीय गावँवासी लगायत छिमेकी हिमाली गावँ, भट्टीडाँडा, गैरीगावँ, डाक बंगला एवं अन्य गावँ बाट भक्तजनको उपस्थिति रहेको थियो भने मुल सड्कमार्ग भएर अवागमन गर्ने यात्री वाहनहरुलाई पनि टीका, प्रसाद आदि वितरण गरिएको थियो। 

जीटीए-३९ नम्बर समष्टिमा समर्थनसंग संगै आईजीजेएफ नारी एकाईको गठन।

Image
प्रेस विज्ञप्ति 27 मार्च 2026 इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन गर्नेहरूको घुइँचो र संगठन विस्तार तीव्र रूपमा चल्दै आएको छ। यसैक्रममा आज कालेबुङ जिल्लाको 39 नम्बर समष्टिमा समर्थनसंग संगै संगठन विस्तारको कार्य सम्पन्न भएको छ।कालेबुङ जिल्ला अन्तर्गत 39 नम्बर समष्टिमा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नारी एकाई गठन भएको छ,जसमा सर्वसमति अनुरूप दिल कुमारी तामाङलाई अध्यक्ष चयन गरिएको छ।त्यसरी नै    उपाध्यक्ष ओङमित लेप्चा,उपाध्यक्ष शान्ती दर्जी,सचिव सुजाता थापा,सह सचिव फूलमाया दर्जी,कोषाध्यक्ष रितिका विश्वकर्म,सह कोषाध्यक्ष अमृता तामाङ,प्रवक्ता तथा प्रचार प्रसार सचिव विना ज्याकिन्टा र सुजाता थापा,प्रमुख सल्लाकारहरूमा अरूणा तामाङ र भावना थापा आदिलाई चयन गरिएको छ।आजको सभामा आईजीजेएफ जिल्ला संयोजक सफिरा राई,पार्टी केन्द्रीय कार्यकारिणी सदस्य टाँसी भुटिया,समष्टि अध्यक्ष वाङदेन भुटिया,उपाध्यक्ष बुद्ध राई,युवा अध्यक्ष अजय तामाङ लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कर्यालय।

आउ-जाउ-को क्रम यथावत्

Image
विधान सभा चुनाव नजिकै आउदै छ । पहाड्मा चिसो मौसम भए तापनि राजनैतिक मौसम गर्मिदैछ छ् भने समर्थकहरु दल फेर्दै यता, उता आउने-जाने क्रम यथावत् देखिन्छ।

कालेबुङ बाघधारा अपाङ्ग कल्याण सङ्गठनको आयोजनामा जिल्ला स्तरीय दिव्याङ्ग सभा सम्पन्न, रुदेन सादा लेप्चाको विशेष उपस्थिति

Image
कलेबुङ:२७ मार्च । कालेबुङ बाघधारा अपाङ्ग कल्याण सङ्गठनको आयोजनामा जिल्ला स्तरीय दिव्याङ्ग सभा कालेबुङको ९ माइलस्थित वर्सिप सेन्टरमा सम्पन्न भयो। कार्यक्रममा जिल्लाभरीबाट दिव्याङ्ग सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। सभामा भागोप्रमोका विधायक उम्मेदवार रुदेन सादा लेप्चा प्रमुख रूपमा उपस्थित भई सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए। उनीसँग कालेबुङ-१ पञ्चायत समिति सह सभापति उत्तम राईको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दिव्याङ्ग समुदायका हक-अधिकार, सुविधा विस्तार तथा आत्मनिर्भरता सम्बन्धी विषयहरूमा विस्तृत छलफल गरिएको थियो। यसैबीच, सङ्गठनका सदस्यहरूले विविध सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए। यसै अवधि सङ्गठनको पक्षबाट रुदेन सादा लेप्चालाई उनले आफ्नो पछिल्लो कार्यकालमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै संवर्द्धना पनि जनाइयो। साथै उनलाई आगामी विधान सभा चुनावका निम्ति पनि शुभकामना व्यक्त गरियो।कार्यक्रमलाई सम्बोधन गर्दै रुदेन सादा लेप्चाले दिव्याङ्ग समुदायको सशक्तिकरण, सम्मानजनक जीवन र आवश्यक पूर्वाधार विकासका लागि आफू प्र...

लप्चु चियाबारी क्षेत्रका विभिन्न बुथ स्तरमा आईजीजेएफ द्वारा परिवर्तन पोस्टर टाँसियो

Image
पेशोक न्यूज अप्डेट्स:  राज्य विधान सभा चुनाव मुखैमा आई पुगेको समय आईजीजेएफ-द्वारा परिवर्तनको शंखघोष गर्दै सर्वत्र क्षेत्रहरुमा पोस्टर टाँस्ने कार्य भईरहेको छ् । उक्त परिवर्तन पोस्टर द्वारा आम जनसाधारणलाई परिवर्तनको नितान्त आवश्यत रहेको बोध गराइएको छ् ।     यसरी नै तक्लिङ-पेशोक समष्टिको लप्चु चियाबारी क्षेत्रको बिथ स्तरको विभिन्न स्थानहरुमा पनि परिवर्तन पोस्टर टाँसियो। उक्त पोस्टर मार्फत आम मानिसहरुमा परिवर्तनको हुन् पर्नेमा जोड दिइएको छ् । 

हर्ष वर्धन श्रृंगलाले दार्जिलिङ्ग ऐतिहासिक टोय ट्रेनप्रति ध्यानाकर्षण गराउदै,यसको निम्ती राष्ट्रिय समर्थनको माग गरे

Image
पश्चिम बंगाल, २४ मार्च २०२६  संसदमा गहिरो सांस्कृतिक तथा क्षेत्रीय महत्वको विषय उठाउँदै सांसद श्री हर्ष वर्धन श्रृंगलाले दार्जीलिङ्ग हिमालयन रेलवे को संरक्षणका लागि तत्काल र निरन्तर हस्तक्षेपको माग गरे। यो भारतको प्रतिष्ठित सम्पदा सम्पत्ति साथै यूनेस्को विश्व सम्पदा स्थल हो। टोय ट्रेनको ऐतिहासिक र भावनात्मक महत्व उल्लेख गर्दै श्री श्रृंगला ले भने कि यो टेनले गत १४० वर्षदेखि नयाँ जलपाइगुडीबाट दार्जिलिङ्ग  लाई जोड्छ, यो ट्रेन पहाडको परिचयको प्रतीक हो र विश्व पर्यटनको प्रमुख आकर्षण  पनि हो। उनले चेतावनी दिँदै  भने कि यसको इतिहासका बाबजुद रेलवे सञ्चालन र संरचनागत चुनौतीहरूको कारण यसको अस्तित्वलाई खतरा पुर्‍याइरहेको छ। रेल गलियाराको सङ्कुचनप्रति ध्यानाकर्षण गर्दै उनले अतिक्रमण र पूर्वाधार दबाबले सुरक्षा र दक्षता प्रभावित भएको बताए। भूस्खलन र भारी वर्षाले बाटोमा क्षति पुर्‍याउने र सेवा बन्द गर्ने समस्या बढेको  कुरोको पनि उल्लेख गरे। पुरानो स्टीम इन्जिनहरूको विशेष मर्मत र लगानी  को आवश्यकता भएको बताउँदै छुटपुट प्रयासले सम्भव नहुने  बताए। “विकास पन...

काठ्को बिजुली पोल फेर्ने, केवल तार लगाउने कार्य भए तापनी मपिङ, पेन्टिङ नभएको समिति सदष्यको भनाई

Image
लप्चु क्षेत्रमा बिजुलीको वुड्न पोल रिप्लेस अनि मपिङ, पेन्टिङ नभएको पञ्चायत समिति सदष्य सुजन थापाको भनाई: एक साता भित्र काम नभए कार्बाहीको चेतावनी दिंदै सदष्य सुजन थापाले यसरी लेखेका छन् :-  विगत केही महिना अगाडि लप्चुमा भएको हुडेन पोस्ट रिप्लेस अनि एल टि लाइन केवलिङ को काम भएको सम्पूर्ण लप्चु बासीलाई याद नै भएको कुरा हो। हामी डिपार्टमेन्ट प्रति आभार प्रकट पनि गर्दछौँ। तर बडो दुःखको कुरो as per the schedule यी poll हरुमा मपिङ अनि पेन्टिङ पनि हुनुपर्ने हो। तर अहिलेसम्म यो कामहरू गरिएको छैन मैले हिजो मात्र स्टेसन म्यानेजरलाई यी सब विषयहरूमा जानकारी दिइसकेको छु। र आज यी कामको प्रोजेक्ट म्यानेजर  सँग contact गर्न खोज्दा उहाँले मेरो कल रिसिभ गर्नुभएको छैन। एक हप्ताको टाइम दिन्छु यदि यो काम सुरुवात गरेन भने मिडिया राखेर सम्बन्धित निकाय, स्टेसन कार्यालय, साथै ठेकेदार हरू सबैको नाम उजागर गरी म यसको ठूलो विरोध गर्दछु। साथै थानामा FIR पनि गर्नेछु जनताको पैसा र गाउँको विकासको निम्ति आएको रकम पचाउनु दिने छुइन होस् गर समय मात्र एक हप्ता याद होस्।

मंग्पू चौरस्तामा छ वटा घर जलेर खरानी: जीटीए प्रमुख अनि आर आर खण्ड विकास अधिकारीले लिए घट्नाको जायजा

Image
पेशोक न्यूज:२३ मार्च । मंग्पूको चौरस्तामा हिजो राती भएको आगलागीमा कम्तीमा छ वटा घर जलेर खरानी भए भने कुनै पनि परिवारले आफुले लगाएको लुगा बाहेक केही सर समान जोगानु नपाएको जानकारी प्राप्त भएको छ् ।        घट्नाको स्थिति बुझ्न आज जीटीए मुख्य कार्यपाल अनित थापा आज मंग्पू आगलागी स्थल चौरस्ता पुगेका थिए भने उक्त स्थलमा रंगली रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पाहाडी पनि आई पुगेका थिए।        खण्ड विकास अधिकारी पहाडीले पिडीत परिवारलाई पुनर्वासको व्यवस्थामा सहयोग दिने तर उक्त सरकारको सहयोग राशी थोरै कम रहेको जानकारी दिए । उक्त थोरै रकममा थपेर घर पुनर्निर्माण गरिदिने प्रतिश्रुती जीटीए प्रमुख थापाले दिएको बताइएको छ् ।

बडामंगवा शाखामा 24/58 बुथ कमिटी गठन

Image
पेशोक, 22 मार्च: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तक्लिङ–पेशोक समष्टि अन्तर्गत बडामंगवा शाखामा 24/58 बुथ कमिटी गठन गरिएको छ। संगठनिक सचिव देव कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न सभाले कमिटी चयन गरेको हो। कमिटीमा संयोजकमा रामेश कार्की, सह–संयोजकमा सोनाम लेप्चा, सह–संयोजिकामा सुष्मा छेत्री र कोषाध्यक्षमा रेखा शर्मा चयन भएका छन्। साथै पुलिङ एजेन्टमा प्रसनदीप मोक्तान र प्रयास राईलाई जिम्मेवारी दिइएको छ। सभामा सहभागीहरूले आगामी विधान सभा चुनावलाई लक्षित गर्दै गाउँको विकासमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

लप्चु डाँडा गावँमा रञ्जीत राईको घर आगलागीमा स्वाहा: कागज-पत्र केही जोगाउन पाएनन्

Image
पेशोक न्यूज: 20 मार्च । तक्लिङ-पेशोक समष्टि अन्तर्गत लप्चु चियाबारीको पारी डाँडा गावँ वार्ड नंवर-6  निवासी रञ्जीत राई (४५) को घर जलेर स्वाहा भएको समाचार प्रकाशमा आएको छ् । घट्ना हिजो साँझ लगभग सात बजे बताइएको छ् भने अहिले विद्युत सर्वाराह ठ्प्प रहेको कारण मोम बत्ती बाट उक्त आगलागी भएको परिवार पक्ष अनि स्थानीयहरुको भनाई छ् ।       हिजो १९ मार्चको साँझ सात बजे घटेको उक्त आगलागी काण्ड्मा डाँडा गावँ निवासी रञ्जीत राई (४५) को घरको माथिल्लो भाग सबै जलेर स्वाहा भए भने भान्सा घरलाई पनि क्षति भएको बताइएको छ् । उक्त घटना वा आगोलाई नियन्त्रण गर्न कठिन बनेको बताइएको छ् कुनै कागज पत्रहरु ,लुगाफाटो यानी माथिल्लो तलाको कुनै सर समान निकाल्न नसकिएको स्थानीयको भनाई छ् । घट्ना स्थलमा रंगली रंगलीयट पञ्चायत समिति सदष्य सुजन थापा पनि पुगेका थिए।    आज घट्नाको जानकारी पाएर तक्लिङ-पेशोक समष्टि सभासद मनि प्रसाद राईले घटना स्थलको जायजा लिए भने रंगली रंगलीयट प्रहरी चौकी बाट पनि अधिकारीहरुले भ्रमण गरेको बताए साथै स्थानीय लामाहट्टा ग्राम पञ्चायत सदष्या लक्ष्मी राईले घट्ना स...

सशस्त्र सिमा बल द्वारा रुट मार्च शुरु

Image
न्यूज अप्डेट्स: चुनाव आयोग द्वारा पंश्चिम बंगाल लगायत अन्य राज्य विधानसभा चुनावको मिति घोषणा गरिए पश्चात् राजनीतिक तापक्रम बड्न थालेको छ् । यता पंश्चिम ब्ंगालमा दुई चरणमा चुनाव गराउने चुनावको निर्णय अनुसार उत्तर बंगाल लगायत दार्जीलिङ क्षेत्रमा पहिलो चरण २३ अप्रेलमा चुनाव हुने छ् ।  यता क्षेत्रमा सशस्त्र सिमा बलको जवानहरु द्वारा रुट मार्च शुरु भएको छ् । दार्जीलिङमा पुनः अर्धसैनिक बल आईपुगेको बताइएको छ् ।  

पेशोकमा वर-पिपलको विवाह सम्पन्न

Image
पेशोक न्यूज डेस्क: १८ मार्च । गत बाह्र मार्च देखि भईरहेको श्रीगणेश महापुराणको बिशेष अवसर पारेर अनि उपस्थित भक्तजनको साक्षीमा पेशोक काली मन्दिर परिसरमा रहेको वर अनि पिपलको विधि विधान अनुसार हिजो शुभ विवाह सम्पन्न गरियो। स्थानीय गणेश गुरुङको दृड संकल्प अनुसार नै उक्त वर पिपलको रुखको विवाह गरिएको गुरुङले बताए। नेपाल देखि आएका पं० अनुसार खासैमा रुख रोपेको दुई तीन बर्षमा नै विवाह योग्य मानिन्छ र विवाह गरिने गरिन्छ। विवाह गरिएको वर पिपलको फेदमा कसैले पनि आफ्नो मनोकामनाको निम्ति पुजा गर्नाले त्यो पूरा हुने बताइएको छ् भने जनविश्वास पनि रहेको स्थानीयहरु बताउँछन् ।

दिनै पछि आएको तीब्र हावा हुण्डरीले धेरै क्षेत्रमा मचायो ताण्ड्व: धेरै घर, दोकान, होमस्टे आदि उडाए

Image
पेशोक न्यूक डेस्क: १८ मार्च । गत १५ मार्च साझ देखि लगातार रातको समय आएको हावा हुण्डरीले पेशोक चियाबारी क्षेत्र लगायत विभिन्न क्षेत्रहरुमा आतंक नै मचाएर गएको छ् । उक्त तीब्र गतिमा आएको हावा हुण्डरीले पेशोक चियाबारीको गुम्बा डाँडा भ्यू-पोइन्ट क्षेत्रका बबल ब्लिस डोम लगायत दोकानहरुको छानो नै उडाएर अन्यत्र पुर्‍याए भने दुईवटा  बबल ब्लिस डोम लाई पनि अर्को स्थानमा पुर्‍याएको छ् । मुसलधार बर्षाको साथ असिना संगै तीब्र गतिको हावाले उक्त आतंक मचाएर गए पछि मानिसहरु आतंकित बनेका छन् ।        यता मध्य पेशोक चियाबारी क्षेत्रमा पुनः सोह्र मार्च पनि सोही ताण्ड्व मचाएर गयो । पेशोक न्यूजलाई प्राप्त जानकारी अनुसार तक्लिङ-एक ग्राम पञ्चायत कार्यलयको पनि छानो उडाएर लगेको सुत्रले जनाएको छ् भने उक्त ग्राम पञ्चायत क्षेत्रका ससाना घरहरु पनि तहस नहस पारिदिएको छ् । यस्तो स्थितिले मानिसहरु रुनु न हाँस्नुको संघारमा छन् । अचनाक आएको प्राकृतिक ताण्ड्व लिलालाई कसले रोक्ने ??? अर्को तिर लप्चु चियाबारी क्षेत्र , नौ माईल, सिंग्रीताम, तक्दाह चियाबारी, टिस्टा बजार क्षेत्रमा पनि रुख ढ्लेर घरलाई क्षति...

श्री गणेश महापुराण: आगामी १७ मार्च वर पिपल विबाह पनि हुने

Image
सनातन हिन्दु संस्कार संस्कृति संरक्षण समितिको आयोजनामा भईरहेको श्री गणेश महापुराण कथाको आगामी १७ मार्चको दिन समापन भईरहेको छ् । उक्त दिन, पेशोक काली मन्दिर परिसरमा रहेको वर पिपलको पनि विधिवत् रूपमा विवाह सम्पन्न गरिने कथा वाचक आचार्य पं० शेषराज रिजालले जानकारी दिए।           स्थानीय गणेश गुरुङको दृड संकल्प अनुसार आयोजन हुने वर पिपल विबाह पेशोकवासीको निम्ति अर्को अध्याय भन्दा फरक नपर्ला। आज भन्दा पहिले पेशोकमा वर पिपलको शुभ विबाह सम्पन्न गरिएको भए तापनि आगामी २७ मार्चको दिन निक्कै लामो अन्तराल पछि पेशोकवासी बिशेष गरेर युवा जमातहरुले उक्त वर पिपल विवाह साक्षात देख्न सक्ने भएका छन् ।    वर पिपलको विवाह कार्यक्रम भन्दा युवा जमातहरुमा निक्कै कौतुहलता संगै उत्सुकता पनि देखियो जसले गर्दा मुख्य कथावाचक आचार्य पं० शेषराज रिजालले सम्पुर्ण भक्तजन साथै सबैलाई उक्त विवाह कार्यक्रममा सहभागी बनी दिने अपिल पनि गरे। 

चुनाव आयोग द्वारा पंश्चिम बंगाल राज्य विधानसभा चुनावको मिति घोषणा । चुनाव दुई चरणमा हुने: पहाडी क्षेत्र 23 अप्रेलमा

Image

पेशोकमा पाँच दिने श्रीगणेश महापुराण शुरु:१७ मार्चमा समापन

Image

आईजीजेएफ-ले टाँस्यो शहरमा पोस्टर

Image
प्रेस विज्ञप्ति 13 मार्च 2026 आईजीजेएफले शहरमा टाँस्यो पोस्टर। केन्द्र सरकारले जारी गरेको योजना राशी चिया श्रमिकहरूले झट्टै पाउनु पर्छ। केन्द्र सरकारले जारी गरेको योजनाको राशी चिया श्रमिकहरूको बैंक खाता अविलम्ब जम्मा गरिनु पर्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनले शहरमा ब्यापक रूपमा पोस्टरिङ गरेका छन्।यसै संदर्भमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय महासचिव जतन राईले चिया श्रमिकहरूले भोट बैंकको रूपमा मात्र प्रयोग गर्दै आइरहेको छ भन्ने बताए।चिया श्रमिकहरूलाई धेरै प्रकारको समस्याहरूले सताउदै आएको छ तर चिया श्रमिकहरूको समस्याहरू पहाडको सत्ताधारी राजनैतिक पार्टीको नेतृत्वहरूले एकरति बोलेका छैनन्।गत 2021,22 को संसदीय बजेट सेशनमा केन्द्र सरकारले चिया श्रमिकहरूको निम्ति 1 हजार करोड रूपिया आवटन गरेको थियो तर यतिका वर्षहरू बितिसक्दा पनि पश्चिम बंगालको चिया श्रमिकहरू केन्द्र सरकारले जारी गरेको योजना राशी प्राप्त गर्न सकेको छैन।हामीले यस विषयमा सरकार तथा सम्बंधित विभागीय अधिकारीहरूलाई धेरै पटक पत...

Just In जीटीएका मुख्य सल्लाहकार एवं भागोप्रमो महासचिव अमर लामाको सोरेङ, चेग्रा क्षेत्रको दौडाहा ।

Image

दार्जीलिङ रेलवे स्टेशन स्थित महारानी उच्चतर माध्यमिक बिद्यालयमा भईरहेको कामको RTI -को रिपोर्ट अनुसार धाँधली र लापरवाहीको आरोप लगाउँदै IGJF-का युवा संयोजक राब्गे राईले यही महिना भित्रमा सही ढंगमा काम गरिदिने चेतावनी दिएका छन्।

Image

बडामंगवा एमएसके भवन निर्माणकार्यको शिलान्यास सम्पन्न

Image
तक्लिङ–पेशोक समष्टि अन्तर्गत पर्ने अप्पर बडा मंगवा माध्यमिक शिक्षा केन्द्र (एमएसके) को नयाँ भवन निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। सहशिक्षिका सृजना राईद्वारा सञ्चालन गरिएको कार्यक्रममा एमएसकेकी प्रधान शिक्षिका विनम थापा, पञ्चायत समिति सभापति देव कुमार छेत्री तथा मुख्य अतिथि अमर लामा लगायतले सम्बोधन गरेका थिए।

चार जना कृषकलाई डेथ बेनेफिट स्वरूप दुई लाख रुपियाँ हस्तान्तरणतक्दाह: (रिमोता)।कृषि विभाग आर–आर खण्ड तक्दाहद्वारा चार जना कृषकलाई डेथ बेनेफिट स्वरूप कुल दुई लाख रुपियाँको धनराशी हस्तान्तरण गरिएको छ।हिजो आयोजित कार्यक्रममा सह–निर्देशक एडिए मार्टिन लेप्चा, पञ्चायत समिति सभापति देव कुमार छेत्री, पञ्चायत समितिका मत्स्य तथा प्राणी सम्पदा विभागीय कर्माध्यक्षा लमु शेर्पा तामाङ, जिल्ला कृषि विभागका अधिकारीहरू तथा लाभार्थीहरू उपस्थित रहेका थिए।अभिषेक थापाले सञ्चालन गरेको कार्यक्रममा कृषि जमिनको नामधारी व्यक्तिको मृत्यु भए पश्चात् सरकारले प्रदान गर्ने डेथ बेनेफिट सम्बन्धी जानकारी समेत दिइएको थियो।

Image

भा.गो.प्र.मो.को सांगठनिक सभामा ११ ग्राम पञ्चायतका संघ सम्मानित

Image
तक्दाह:१२ मार्च । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा हिजो तक्दाहस्थित समाज घरमा एक सांगठनिक सभा सम्पन्न भयो। सभामा खरसाङ विधानसभा क्षेत्रका सम्भावित उम्मेदवार अमर लामा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा सभासदहरू, एघार वटा ग्राम पञ्चायतका स्वनिर्भर समूहका संघका पदाधिकारीहरू, पञ्चायत समिति सभापति, सहकारी सभापति तथा आर–आर खण्ड कार्यालयकी डब्लुडिओ बिन्ध्या छेत्री लगायतको उपस्थिति रहेको थियो। विशेष सभामा आगामी चुनावलाई केन्द्रित गरेर विभिन्न विषयमा चर्चा गरिएको थियो। साथै, ग्राम पञ्चायतका संघका चेयरपर्सनहरूले आफ्ना समस्या तथा गुनासा राखेका थिए। कार्यक्रममा डब्लुडिओ बिन्ध्या छेत्री लगायतले प्रत्येक संघलाई स्मृति–चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए।

किसानहरुको निम्ति उपयोगी बन्यो जिविका केन्द्र!

Image
तक्लिङ–२ ग्राम पञ्चायतमा गठन गरिएको जिविका केन्द्र अहिले क्षेत्रका किसानहरूका लागि निकै उपयोगी बन्दै गएको छ। किसानहरूका अनुसार यस केन्द्रबाट मकै, साग–सब्जी लगायत विभिन्न मौसमी बिउ–बाउ सहज रूपमा प्राप्त भइरहेको छ। सोरेङ बस्तीमा रहेको नमुना संघको सञ्चालनमा रहेको उक्त जिविका केन्द्रमा किसानहरूका लागि आवश्यक कृषि सामग्री तथा साग–सब्जीका बिउहरू उपलब्ध रहेको नमुना संघकी चेयरपर्सन लमु शेर्पा तामङले जानकारी दिएकी छन्।

खाना पकाउने ग्यास बारे नआत्तिने ग्यास डिस्ट्रीब्यूटरको अपिल

Image
टिस्टा: १२ मार्च । अहिले खाना पकाउने ग्यास उपभोक्ता सम्म नपुगेको गुनासो बीच टिस्टा बजारका अनुग्रह भारत ग्यास डिस्ट्रीब्यूटरले आफ्ना उपभोक्ताहरुलाई नआत्तिने अपिल गरेका छन् ।        अहिले ग्यास आपूर्तिमा ढिल्याई भए तापनि उपभोक्ताले आफ्नो बुक अनुसार ग्यास सिलिन्डर अवश्य पाउने बताइएको छ् ।  अहिले समय अनुसार ढिलो छिटो भएको भन्दै पहिले भन्दा अहिले अलि ढिलो भएको जनाए । जति पनि उज्वला योजना अन्तर्गतका उपभोक्ताहरु छन् उनीहरुले प्रति बर्ष नै आफ्नो दस्तावेजहरु बुझाउन पर्ने छ् भने अन्य उपभोक्ताहरुले पाँच बर्षमा एक पट्क बुझाउन पर्ने बताए।

तक्लिङ अनि बडा मंगवामा तीनवटा शिलान्यास

Image
पेशोक: 11 मार्च । तक्लिङ-पेशोक समष्टि अधिनस्थ रहेको तीनवटा बुथहरु क्रमैले 24/58,24/59 अनि 24/60 मा सामुदायिक भवन निर्माणकार्यको विधिवत् शिलान्यास कार्यक्रम आज सम्पन्न गरिएको छ् ।       मनोज पाख्रीनको अध्यक्षतामा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा बिशेष गरेर 24/58 बुथ अन्तर्गत बडामंगवा अजम्बरी समाजको सामुदायिक भवन, 24/59 बुथको नयाँ गुम्बा नडामंगवाको सामुदायिक भवन, अनि 24/60 बुथ अन्तर्गत तक्लिङ लेप्चा गुम्बा सामुदायिक भवन आदिको विधिवत् शिलान्यास आज सम्पन्न गरिएको जानकारी सुरज तिमसिनाले दिएका छन् ।         सुक छिरिङ लेप्चाले संचालन गरेको उक्त शिलान्यास कार्यक्रममा क्षेत्रीय सभासद मनिन्प्रसाद राई लगायत आर आर खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, तक्लिङ-एक ग्राम पञ्चायत प्रधान चाँदनी तामङ, उपप्रधान पवन तामङ , ग्राम पञ्चायत सदष्या सुरक्षा छेत्री, सदष्य ईजाक लेप्चा, तक्दाह अभियनत्रीकी विभागका प्रतिनिधि लगायत भागोप्रमो शाखा प्रशाखाका सभापति,सचिव, निर्माण एजेन्सी दृष्टि कन्सट्र्क्सनका सुनिल/अभिषेक ...