काठ्को बिजुली पोल फेर्ने, केवल तार लगाउने कार्य भए तापनी मपिङ, पेन्टिङ नभएको समिति सदष्यको भनाई
लप्चु क्षेत्रमा बिजुलीको वुड्न पोल रिप्लेस अनि मपिङ, पेन्टिङ नभएको पञ्चायत समिति सदष्य सुजन थापाको भनाई: एक साता भित्र काम नभए कार्बाहीको चेतावनी दिंदै सदष्य सुजन थापाले यसरी लेखेका छन् :-
विगत केही महिना अगाडि लप्चुमा भएको हुडेन पोस्ट रिप्लेस अनि एल टि लाइन केवलिङ को काम भएको सम्पूर्ण लप्चु बासीलाई याद नै भएको कुरा हो। हामी डिपार्टमेन्ट प्रति आभार प्रकट पनि गर्दछौँ। तर बडो दुःखको कुरो as per the schedule यी poll हरुमा मपिङ अनि पेन्टिङ पनि हुनुपर्ने हो। तर अहिलेसम्म यो कामहरू गरिएको छैन मैले हिजो मात्र स्टेसन म्यानेजरलाई यी सब विषयहरूमा जानकारी दिइसकेको छु। र आज यी कामको प्रोजेक्ट म्यानेजर सँग contact गर्न खोज्दा उहाँले मेरो कल रिसिभ गर्नुभएको छैन। एक हप्ताको टाइम दिन्छु यदि यो काम सुरुवात गरेन भने मिडिया राखेर सम्बन्धित निकाय, स्टेसन कार्यालय, साथै ठेकेदार हरू सबैको नाम उजागर गरी म यसको ठूलो विरोध गर्दछु। साथै थानामा FIR पनि गर्नेछु जनताको पैसा र गाउँको विकासको निम्ति आएको रकम पचाउनु दिने छुइन होस् गर समय मात्र एक हप्ता याद होस्।
Comments
Post a Comment