भा.गो.प्र.मो.को सांगठनिक सभामा ११ ग्राम पञ्चायतका संघ सम्मानित


तक्दाह:१२ मार्च ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा हिजो तक्दाहस्थित समाज घरमा एक सांगठनिक सभा सम्पन्न भयो।
सभामा खरसाङ विधानसभा क्षेत्रका सम्भावित उम्मेदवार अमर लामा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा सभासदहरू, एघार वटा ग्राम पञ्चायतका स्वनिर्भर समूहका संघका पदाधिकारीहरू, पञ्चायत समिति सभापति, सहकारी सभापति तथा आर–आर खण्ड कार्यालयकी डब्लुडिओ बिन्ध्या छेत्री लगायतको उपस्थिति रहेको थियो।
विशेष सभामा आगामी चुनावलाई केन्द्रित गरेर विभिन्न विषयमा चर्चा गरिएको थियो। साथै, ग्राम पञ्चायतका संघका चेयरपर्सनहरूले आफ्ना समस्या तथा गुनासा राखेका थिए। कार्यक्रममा डब्लुडिओ बिन्ध्या छेत्री लगायतले प्रत्येक संघलाई स्मृति–चिन्ह प्रदान गर्दै सम्मान गरेका थिए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण