बडामंगवा शाखामा 24/58 बुथ कमिटी गठन
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तक्लिङ–पेशोक समष्टि अन्तर्गत बडामंगवा शाखामा 24/58 बुथ कमिटी गठन गरिएको छ। संगठनिक सचिव देव कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न सभाले कमिटी चयन गरेको हो।
कमिटीमा संयोजकमा रामेश कार्की, सह–संयोजकमा सोनाम लेप्चा, सह–संयोजिकामा सुष्मा छेत्री र कोषाध्यक्षमा रेखा शर्मा चयन भएका छन्। साथै पुलिङ एजेन्टमा प्रसनदीप मोक्तान र प्रयास राईलाई जिम्मेवारी दिइएको छ।
सभामा सहभागीहरूले आगामी विधान सभा चुनावलाई लक्षित गर्दै गाउँको विकासमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
Comments
Post a Comment