पेशोकमा वर-पिपलको विवाह सम्पन्न

पेशोक न्यूज डेस्क: १८ मार्च ।
गत बाह्र मार्च देखि भईरहेको श्रीगणेश महापुराणको बिशेष अवसर पारेर अनि उपस्थित भक्तजनको साक्षीमा पेशोक काली मन्दिर परिसरमा रहेको वर अनि पिपलको विधि विधान अनुसार हिजो शुभ विवाह सम्पन्न गरियो।

स्थानीय गणेश गुरुङको दृड संकल्प अनुसार नै उक्त वर पिपलको रुखको विवाह गरिएको गुरुङले बताए। नेपाल देखि आएका पं० अनुसार खासैमा रुख रोपेको दुई तीन बर्षमा नै विवाह योग्य मानिन्छ र विवाह गरिने गरिन्छ। विवाह गरिएको वर पिपलको फेदमा कसैले पनि आफ्नो मनोकामनाको निम्ति पुजा गर्नाले त्यो पूरा हुने बताइएको छ् भने जनविश्वास पनि रहेको स्थानीयहरु बताउँछन् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण