हर्ष वर्धन श्रृंगलाले दार्जिलिङ्ग ऐतिहासिक टोय ट्रेनप्रति ध्यानाकर्षण गराउदै,यसको निम्ती राष्ट्रिय समर्थनको माग गरे

पश्चिम बंगाल, २४ मार्च २०२६  संसदमा गहिरो सांस्कृतिक तथा क्षेत्रीय महत्वको विषय उठाउँदै सांसद श्री हर्ष वर्धन श्रृंगलाले दार्जीलिङ्ग हिमालयन रेलवे को संरक्षणका लागि तत्काल र निरन्तर हस्तक्षेपको माग गरे। यो भारतको प्रतिष्ठित सम्पदा सम्पत्ति साथै यूनेस्को विश्व सम्पदा स्थल हो।

टोय ट्रेनको ऐतिहासिक र भावनात्मक महत्व उल्लेख गर्दै श्री श्रृंगला ले भने कि यो टेनले गत १४० वर्षदेखि नयाँ जलपाइगुडीबाट दार्जिलिङ्ग  लाई जोड्छ, यो ट्रेन पहाडको परिचयको प्रतीक हो र विश्व पर्यटनको प्रमुख आकर्षण  पनि हो। उनले चेतावनी दिँदै  भने कि यसको इतिहासका बाबजुद रेलवे सञ्चालन र संरचनागत चुनौतीहरूको कारण यसको अस्तित्वलाई खतरा पुर्‍याइरहेको छ।

रेल गलियाराको सङ्कुचनप्रति ध्यानाकर्षण गर्दै उनले अतिक्रमण र पूर्वाधार दबाबले सुरक्षा र दक्षता प्रभावित भएको बताए। भूस्खलन र भारी वर्षाले बाटोमा क्षति पुर्‍याउने र सेवा बन्द गर्ने समस्या बढेको  कुरोको पनि उल्लेख गरे। पुरानो स्टीम इन्जिनहरूको विशेष मर्मत र लगानी  को आवश्यकता भएको बताउँदै छुटपुट प्रयासले सम्भव नहुने  बताए।

“विकास पनि, विरासत पनि” को दृष्टिकोण को उल्लेख गर्दै उनले विकास र सम्पदा संरक्षण सँगसँगै हुनुपर्ने जोड दिए। दार्जीलिङ्ग हिमालयन रेलवे यस सन्तुलनको जीवन्त उदाहरण हो र संरक्षित तथा अगाडि बढ्ने दृष्टिकोणको नितान्त आवश्यकता भएको बताए।

उनले राष्ट्रिय स्तरको समग्र संरक्षण रणनीतिको माग गरे जसमा विशेष कोष, पूर्वाधार पुनर्स्थापना, गलियारा संरक्षण र विपद् न्यूनीकरण समावेश होस्। रणनीतिक पर्यटन प्रचारमार्फत स्थानीय संस्कृति, जीविका र समुदाय सहभागितासँग जोडेर रेलवेलाई नयाँ स्थान दिनुपर्ने बताए।

स्थानीय सरोकारवालाहरू, स्वयंसेवी समूह र पर्यटन सञ्चालकहरूलाई समावेश गर्दा रोजगारीका अवसर पनि प्राप्त हुने र आधारभूत स्तरमा स्वामित्व बलियो हुन्छ  भने। युवा र रेलकर्मीहरूका लागि सम्पदा संरक्षण र आधुनिक मर्मत कौशल विकासको महत्व  प्रति पनि जोड दिए।

“ _दार्जीलिङ्ग हिमालयन रेलवे को संरक्षण यातायात प्रणाली जोगाउने मात्र होइन। यो जीविका सम्पदा र पहाडको परिचय को सुरक्षा  पनि हो_ ,” उनले सम्बोधनमा भने।

उनको हस्तक्षेपले टोय ट्रेनको भविष्यप्रति राष्ट्रिय ध्यान केन्द्रित गरेको छ र भारतको बहुमूल्य पहाडी रेलवे सुरक्षित गर्ने नीति साथै कारबाहीको आधारभूत तयार पारेको छ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न