ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न
पेशोक न्यूज रिपोर्ट:२९ जुन। राज्य आपदा कोष (एसडीआरएफ) मार्फत निर्माणकार्यको कार्यादेश गत 20 फरवरी 2026 मा जारी भए तापनि अझ सम्म ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्कको अवस्था ज्यूँ-को त्यूँ हुनुमा पक्का पनि निर्माणकार्यमा घोटाला भएको छ् । अझ सम्म सड्क किन बनिएन ??? उक्त प्रश्न भारतीय जनता पार्टी तक्दाह-ग्लेनबर्ण मण्डलका उपाध्यक्ष प्रदीप सोताङले व्यक्त गरेका हुन् । तक्दाह-ग्लेनबर्ण समष्टि वा मण्डल अधिनस्थ ग्लेनबर्न फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणको कार्यादेश यसै बर्षको 20 फरवरीमा जारी भएको छ् तर अझ सम्म सड्क नबनिनु के हो??? भन्दै उपमण्ड्ल सोताङले प्रश्न तेर्साउदै निर्माणकार्यमा व्यापक घोटाला भएको आशंका व्यक्त गरे। यदि घोटाला नभएको भए सड्क बनिने थियो। केही कारण वश निर्माणकार्यमा अड्चन या केही थियो भने जनसाधारणलाई जनाउनु पर्ने थियो भन्दै यस् निर्माणकार्य माथि जीटीए प्रशासनले झट्ट हस्तक्षेप गरेर जाँच गरिया जाओस् भनी मण्ड्ल उपाध्यक्ष प्रदीप सोताङले दर्पणलाई जनाएका छन् । राईले करिब दुई तीन किलो मिटर दुरीको उक्त सड्क निर्माणकार्यमा व्यपक घोटालामा ...
Comments
Post a Comment