तक्लिङ अनि बडा मंगवामा तीनवटा शिलान्यास
तक्लिङ-पेशोक समष्टि अधिनस्थ रहेको तीनवटा बुथहरु क्रमैले 24/58,24/59 अनि 24/60 मा सामुदायिक भवन निर्माणकार्यको विधिवत् शिलान्यास कार्यक्रम आज सम्पन्न गरिएको छ् ।
मनोज पाख्रीनको अध्यक्षतामा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा बिशेष गरेर 24/58 बुथ अन्तर्गत बडामंगवा अजम्बरी समाजको सामुदायिक भवन, 24/59 बुथको नयाँ गुम्बा नडामंगवाको सामुदायिक भवन, अनि 24/60 बुथ अन्तर्गत तक्लिङ लेप्चा गुम्बा सामुदायिक भवन आदिको विधिवत् शिलान्यास आज सम्पन्न गरिएको जानकारी सुरज तिमसिनाले दिएका छन् ।
सुक छिरिङ लेप्चाले संचालन गरेको उक्त शिलान्यास कार्यक्रममा क्षेत्रीय सभासद मनिन्प्रसाद राई लगायत आर आर खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, तक्लिङ-एक ग्राम पञ्चायत प्रधान चाँदनी तामङ, उपप्रधान पवन तामङ , ग्राम पञ्चायत सदष्या सुरक्षा छेत्री, सदष्य ईजाक लेप्चा, तक्दाह अभियनत्रीकी विभागका प्रतिनिधि लगायत भागोप्रमो शाखा प्रशाखाका सभापति,सचिव, निर्माण एजेन्सी दृष्टि कन्सट्र्क्सनका सुनिल/अभिषेक गुरुङ आदिको उपस्थितिमा सम्पन्न उक्त शिलान्यास कार्यक्रमलाई उपप्रधान पवन तामङ, दुर्गा भुजेल, ऋषि ब्लोन, देव कुमार छेत्री, सभासद मनि प्रसाद राई आदिले सम्बोधन गरेका थिए भनी सुरज तिमसिनाले जानकारी गराएका छन् ।
Comments
Post a Comment