Posts

Showing posts from June, 2026

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

Image
पेशोक न्यूज रिपोर्ट:२९ जुन। राज्य आपदा कोष (एसडीआरएफ) मार्फत निर्माणकार्यको कार्यादेश गत 20 फरवरी 2026 मा जारी भए तापनि अझ सम्म ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्कको अवस्था ज्यूँ-को त्यूँ हुनुमा पक्का पनि निर्माणकार्यमा घोटाला भएको छ् । अझ सम्म सड्क किन बनिएन ??? उक्त प्रश्न भारतीय जनता पार्टी तक्दाह-ग्लेनबर्ण मण्डलका उपाध्यक्ष प्रदीप सोताङले व्यक्त गरेका हुन् । तक्दाह-ग्लेनबर्ण समष्टि वा मण्डल अधिनस्थ ग्लेनबर्न फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणको कार्यादेश यसै बर्षको 20 फरवरीमा जारी भएको छ् तर अझ सम्म सड्क नबनिनु के हो??? भन्दै उपमण्ड्ल सोताङले प्रश्न तेर्साउदै निर्माणकार्यमा व्यापक घोटाला भएको आशंका व्यक्त गरे। यदि घोटाला नभएको भए सड्क बनिने थियो। केही कारण वश निर्माणकार्यमा अड्चन या केही थियो भने जनसाधारणलाई जनाउनु पर्ने थियो भन्दै यस् निर्माणकार्य माथि जीटीए प्रशासनले झट्ट हस्तक्षेप गरेर जाँच गरिया जाओस् भनी मण्ड्ल उपाध्यक्ष प्रदीप सोताङले दर्पणलाई जनाएका छन् ।     राईले करिब दुई तीन किलो मिटर दुरीको उक्त सड्क निर्माणकार्यमा व्यपक घोटालामा ...

पत्रकार केशर मोक्तान पितृशोकमा

Image
पेशोक न्यूज डेस्क:२९ जुन २०२६ हिल टाईम्सका प्रबन्ध निर्देधक एवं पत्रकार केशर मोक्तानका पिता प्रकाश लामा (८९)को आज एघार बजे हृदयधातको कारण निज निवास मंग्पू लाब्दा विभागमा निधन भयो। * स्व० लामाले आफू पछि धर्म पत्नी कृष्ण कुमारी तामङ,तीन जना छोराहरु बुहारी,नाता नातिनीहरु छोडी गएका छन् । * स्व० लामाको अन्तिम संस्कार आगामी १ जुलाईको दिन गरिने । पत्रकार मोक्तानको पिता (आप्पा) स्व० प्रकाश लामा (भूपु सैनिक) को आकस्मिक निधनमा Pashok News हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ् ।

नयाँ राज्य निर्माण समिति टोलीले गर्‍यो एड्वर्ड्स संग भेट

Image
प्रेस विज्ञप्ति 27 जुन 2026 अलग राज्य गोर्खाल्यान्डको मांगलाई फत्ते गर्न नयाँ पार्टी निर्माण समितिको एकबद्ध हुने आह्वानलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले स्वागत जनाएका छन्।छुट्टै राज्य गोर्खाल्यान्डको मांगलाई फत्ते गर्नलाई नयाँ पार्टी निर्माण समिति अहिले पहाड तराई डुवर्स सबै क्षेत्रका राजनैतिक दलहरूको नेतृत्वहरूलाई भेट गर्ने कार्यहरू गर्दै आइरहेको छ।यसैक्रमा नयाँ पार्टी निर्माण समितिको प्रतिनिधि टोलीले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डससंग भेटेर अलग राज्य गोर्खाल्यान्डको निम्ति एकबद्ध हुने आह्वान गर्दै ज्ञापन पत्र सुम्पिए।हामी भारतीय गोर्खाहरूले विगत धेरै लामो समयदेखि हरेक चुनावहरूमा भारतीय जनता पार्टीलाई भारी मतले जिताउदै आएको सबैलाई थाहा भएकै विषय हो।अहिले राज्यमा राजनैतिक परिवर्तन भएर भारतीय जनता पार्टीको पूर्ण बहुमतको सरकार गठन भएको हुनाले भारतीय गोर्खाहरूको दीर्धकालिन मांग अलग राज्य गोर्खाल्यान्ड गठनको मार्ग खोलिएको छ।यस निर्णायक घडीमा पहाड तराई डुवर्स सबै क्षेत्रका राजनैतिक दलहरू,संघ-संस्थाहरूको एउटै आवाज हुन न...

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

Image
✍️पेशोक न्यूज डेस्क: २८ जुन २०२६ रंगली रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राईले हिजो भिडियो बयान जारी गर्दै आफुले पञ्चायत समितिको सहकारी सभापतिकोम्पद बाट राजिनामा दिएको घोषणा गरे। उनले उक्त राजिनामा सोमबार २९ जुन देखि प्रभावी हुने पनि उक्त राजिनामा पत्रमा उल्लेख गरेका छन् ।         पुर्व सहकारी सभापति राईले सम्पुर्ण सभासदहरुले पनि आफ्नो सभासद पद बाट राजिनामा दिएर जाति उन्मुक्ति अनि वर्तमान मुद्दालाई टेवा पुर्‍याई रहेको जानकारी गराउदै एसडिओ दार्जीलिङ-लाई सम्बोधन गरेर लेखिएको उक्त राजिनामा पत्रमा आफुले पनि आफ्नो सहकारी सभापतिको पद बाट राजिनामा दिएको उल्लेख गरेका छन् । राईले पेशोक न्यूजलाई भोलि २९ जुन एसडिओ दार्जीलिङलाई आफ्नो राजिनामा पत्र बुझाउन जाने प्रष्ट जानकारी दिए।  स्मरण रहोस् , हाल रंगली रंगलीयट खण्ड पञ्चायत समिति भाजपाको कब्जामा रहेको छ् भने नयाँ बोर्ड्मा सभाधिपति अमृता तामङलाई चयन गरिसकिएको छ् । अब सहकारी सभापतिको चयनको निम्ति बाटो खुल्ला भएको छ् । भोलि खण्ड कार्यलयमा यसै बिषय लिएर एक बिशेष सभाको आयोजन हुने सुत्रले जनाएको छ् ...

गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा शहर समितिको सांगठनिक सभा सम्पन्न

Image
आज दिनाङ २१.६.२०२६ गोर्खा जनमुक्ति खर्सङ महकुमा युवा मोर्चा समितिद्वारा संगठनिक सभा गरियो साथै अध्यक्ष बिमल गुरुङ ज्यूको विशेष निर्देश अनुसार युवा मोर्चा सचिव अरुण थापाले सञ्चालन गरेको सभामा सत्यवन क्षेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खर्सङ मकुमा उपसभापति सोनम लामा खर्सङ मकुमा संयोजक सागर क्षेत्री खर्सङ महकुमा सदस्य दिप सन्यासी सदेउ मक्राती कमल क्षेत्री केन्द्र समिति युवा मोर्चा सदस्य श्रीमान योगराज प्रधान साथै युवराज लामा गिद्ध पहाड समष्टि का निरज खवासको विशेष उपस्थिति रहेको थियो। सभामा खर्सङ 20वटा वार्डलाई लिएर युवा मोर्चा टाउन कमिटी गठन हेतु २० वटै वार्डको सदस्यलाई लिएर प्रत्येक वार्डबाट एक एक जना सदस्यलाई संयोजकको नियुक्ति   गरियो। यसमा मुख्य संयोजक केवल प्रधानलाई सर्वसमिति द्वारा चयन गरियो।

टिटिएसमा राजनैतिक झट्काको साथ सभासद पाख्रीनले त्यागे भागोप्रमो। पाख्रीन संगै धेरैले त्यागे पार्टी

Image
दिनाङ्क:  21 जून 2026 टिटिएस बाट दिलकस विद्याभूषण तामङको रिपोर्ट :- तकदाह टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समिति सदस्यबाट आजदेखि आफ्नो पद त्याग गरेको घोषणा गरे। सभासद डेण्डुप पाखरीनले आफ्नो समर्थकहरू बीच पार्टी त्याग गरेता पनि जीटीए सभाको आफ्नो सभासद पद सरकारको निर्धारित मितिसम्म यथावत रहनेछ भनी निर्णय सार्वजनिक गरे। सभासद डेण्डुप पाखरीनले पार्टी परित्याग गर्नुको साथ तकदाह-टिस्टाभेल्ली समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा ठूलो पैह्रो गयो। सभासद पाखरीनको निर्णयलाई स्वागत गर्दै समष्टि युवा शक्तिका अध्यक्ष मेण्डुप तामाङले पनि आजदेखि टीटीएसमा भागोप्रमो युवा शक्ति भंग भएको घोषणा गर्दै आफूले भागोप्रमो परित्याग गरेको घोषणा गरे। त्यसको साथै भागोप्रमो रंगली ग्राम पञ्चायतका प्रधान एस बी सुब्बा लगायत चार पञ्चायत सदस्य अनि  सभामा उपस्थित सम्पूर्ण सभासद डेण्डुप पाखरीनको समर्थकहरू सामुहिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परित्याग गरेका छन्।

अध्यक्ष गुरुङको उपस्थितिमा नागरी धजे १६ नम्बर समष्टिमा गोर्खा जनमुक्ति मोर्चाको सांगाठानीक सभा सम्पन्न!

Image
न्यूज अप्डेट:  २० जुन २०२६ नागरी  बिधान सभा चुनाव २०२६ मा राज्य सत्ता परिवर्तन साथै जसरी दार्जीलिङ पहाड तराई अनि डुवर्सबाट पाँच जना गोर्खे अनुहारहरू बिधायक बन्न सके उसरी नै दार्जीलिङ पहाडमा राजनैतिक हलचल धेरै बढेर गएको सबैले अनुभव गरिरहेको छ । यसै बीच गोर्खा जनमुक्ति मोर्चाले पनि आफ्नो संगठनलाई जमिनी स्तरबाट नै मजबुती बनाउने क्रम जारी राख्दै आज फेरि नागरी धजे १६ नम्बर समष्टिमा आफ्नो सांगाठानीक सभा केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको प्रमुख उपस्थितिमा सम्पन्न गरे । नागरी धजे समष्टिका मोर्चा समर्थकहरू माझ आफ्नो वक्तव्यमा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युले जनताहरूलाई गोजमुमो मा स्वागत जनाउँदै आफ्नो पूर्व भनाइलाई पुन एकपटक दोहोर्याउदै जनता भनेको मानेको पातको थोपा हो राजनैतिक हुरि संगै कहिले यता त कहिले उता भइरहन्छ तर जनतालाई भडखाल्डो तिर हालेर आफ्नो ब्यक्तिगत फाइदाको निम्ति जातिलाई गद्दार गर्ने नेतृत्वहरूलाई भने गोर्खा जनमुक्ति मोर्चाको ढोका हमेसा बन्द रहने कुरालाई इस्पष्ट पारे ।

३ करोड्को लागतमा बनिएको सड्कको हालत ।

Image
लप्चु दस माईल बजार देखि लप्चु भीरकुना (चम्पासरी) सम्मको करिब १.३ किमीको सड्क मार्गको अवस्था अहिले चिन्ताजनक भएको छ् ।    क्षेत्रवासीहरु पनि उक्त सड्क मार्गको अवस्था देखेर छक्क परेका छन् । लकभग तीन करोड्को लागतमा दुई पल्ट टेण्डर भएको उक्त स्ड्कको निर्माणकार्य हिमालयन कन्सट्रक्सन अनि उमा कन्सट्रक्सनले गरेको सर्व विदितै भए तापनि सड्क मार्ग निर्माण भएको बर्ष दिन नबित्दै यस्तो हालत हुनु कतिको शर्मको कुरो हो-स्थानीयवासी संगै सरोकारवालाको मत रहेकोछ।    आज उक्त स्ड्क मार्गको खस्किन्दो हालतको जायजा लिन क्षेत्रका पञ्चायत समिति सदष्य सुजन थापाले छड्के भ्रमण गर्दै सड्कको अवस्था बारे निर्माण एजेन्सी संग बात गरे। एजेन्सीले आगामी सोमबार देखि सिसि सड्क निर्माण शुरु गर्ने वचन दिए तापनि निर्माण एजेन्सीको वचनमा कतिको विश्वासनीयता छ् भन्ने क्षेत्रवासीको मनमा प्रश्न उब्जिएको छ् । तथापि पञ्चायत समिति सदष्य थापाले उनी संग फोनमा निकै लामो बात गरे। 

विज्ञापन

Image
दार्जीलिङ वेलफेयर सोसाईटी को उत्कर्ष ले लिएर आएको छ् विभिन्न बिषयगत "नि:शुल्क कोचिङहरु ! बिशेष UPSC, WBPSC, SDC, BANKING, CDS, NDA, CAPF (AC), WBSI, ANGIVEER, SSB, CISF, WB CONSTABLE को लागि नि:शुल्क कोचिङ शुरु हुन् गईरहेको छ् ।  उक्त कोचिङ परिक्षाको लागि PW को सहकार्य र दार्जीलिङ, कालेबुङ, जलपाईगढी, कुचबिहार अनि अलिपुरद्वार जिल्लाका योग्य उम्मेद्वारहरुको निम्ति रजिस्ट्रेसन खुला राखिएको छ् । चाँडै सम्पर्क गरिनु होस् ।

DWS LAUNCHES FREE COACHING FOR EMPLOYMENT EXAMS TO BENEFIT NORTH BENGAL YOUTH IN PARTNERSHIP WITH PHYSICS WALLAH

Image
DWS LAUNCHES FREE COACHING FOR EMPLOYMENT EXAMS TO BENEFIT NORTH BENGAL YOUTH IN PARTNERSHIP WITH PHYSICS WALLAH Darjeeling, 17th June, 2026: In a major initiative aimed at expanding career opportunities for the youth of Darjeeling and North Bengal, the Darjeeling Welfare Society (DWS), founded by Member of Parliament Harsh Vardhan Shringla, today launched DWS Utkarsh in partnership with Physics Wallah (PW), one of India's leading education platforms. The launch ceremony was attended by distinguished dignitaries including Shri Noman Rai (MLA, Darjeeling), Prof Gambhir Singh Yonzone (Padma Shri, Literature & Education), Dr. Anuradha Rai (Principal, Southfield College, Darjeeling), Sandeep Shukla (Vice President, Physics Wallah) and Harsh Vardhan Shringla, MP and Founder-President of DWS.  DWS Utkarsh will provide coaching completely free of cost for 16 competitive examinations to government jobs to more than 10,000 students across Darjeeling, Kalimpong, Jalpaiguri, Alipurduar an...

Big News Breakingजीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा

Image
Big Mews Breaking जीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा । BIG BREAKING |  A New Chapter for the Hills Today marks a significant moment in the history of the Darjeeling Hills. ✨ Anit Thapa has resigned from his position in the GTA, putting the interests of the hills and its people above all else. A new government is set to take charge, carrying forward the aspirations, rights, and long-standing demands of the people of the hills. May this transition bring unity, development, peace, and a stronger voice for every resident of the region. The hills have spoken. The future begins now. #DarjeelingHills #GTA #AnitThapa #HillPolitics #NewBeginning #Development #PeopleFirst #BreakingNews #VoiceOfTheHills #JaiGorkha

पद छोड्दै राजिनामा दिने क्रम जारी !कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङले पनि दिइन् सभापति पदबाट राजीनामा

Image
पद छोड्दै राजिनामा दिने क्रम जारी ! कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङले पनि दिइन् सभापति पदबाट राजीनामा परिवर्तित राजनीतिक परिस्थितिमा पहाडको भविष्य तथा भारतीय गोर्खाहरूको दीर्घकालीन आकांक्षा, अधिकार र पहिचानको मुद्दालाई नयाँ दिशा दिन कालिम्पोङ–१ पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिइरहेको छु। सभापतिको रूपमा सेवा गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण जनसमुदाय, मेरा समर्थकहरू, शुभेच्छुकहरू, मेराे अग्रज आदरणीय नेतृत्वगण तथा पञ्चायत समितिका २९ जना सम्माननीय सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो जिम्मेवारीले मलाई धेरै कुरा सिकायो र जनताको सेवा गर्ने अमूल्य अवसर प्रदान गर्‍यो। आफ्नो कार्यकालमा मैले समुदाय र क्षेत्रको विकासका लागि इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने प्रयास गरेकी छु। अब पञ्चायत समितिको नेतृत्व जसले सम्हाल्नुहुन्छ, उहाँलाई म समितिको एक जिम्मेवार सदस्यको रूपमा पूर्ण सहयोग र रचनात्मक समर्थन प्रदान गर्नेछु। पदभन्दा माथि जनताको हित, क्षेत्रको विकास र हाम्रो सामूहिक लक्ष्यहरू हुन्छन् भन्ने मेरो दृढ विश्वास छ। पदबाट अलग भए पनि भारतीय गोर्खाहरूको अधिकार, सम...

दामामासेसं-को बिशेष पहलमा: दुबईमा अलपत्र परेका तीन युवा स्वदेश फिर्ता ल्याउन सफल

Image
पेशोक:१६ जुन ।  दुबईमा विभिन्न समस्यामा फसेका तीन युवाहरूलाई दार्जिलिङ माटोको माया सेवा संस्थाको बिशेष पहलमा सफलता पूर्वक स्वदेश फिर्ता गराइएको संस्था द्वारा जारी एक विज्ञप्तीमा जनाइएको छ् ।      संस्थाले आवश्यक समन्वय, पहल र सहयोग मार्फत तीन युवाहरूको उद्धार गरी स्वदेश फर्काउन सफल भएको जनाएको छ। आज उनीहरू स्वदेश आइपुग्दा एयरपोर्टमा संस्थाका प्रतिनिधिहरू उपस्थित भई स्वागत गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन्  भने स्वदेश फर्किए पछि तीनै युवकहरूले आफ्नो उद्धार तथा स्वदेश फिर्तीका लागि महत्वपूर्ण भूमिका निर्वाहन गरेकोमा दार्जीलिङ माटोको माया सेवा संस्थाका अध्यक्ष दिवस दियाली तथा संस्थाका सम्पूर्ण पदाधिकारी, सदष्य र सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।      दार्जिलिङ माटोको माया सेवा संस्थाले नेपाली भाषी समुदाय तथा अन्य समुदायका समस्यामा परेका व्यक्तिहरूलाई सहयोग, उद्धार कार्य साथै मानव सेवाका कार्यहरू निरन्तर गर्दै आएको छ बताइएको छ। संस्थाको यस मानवीय कार्यलाई समाजका विभिन्न क्षेत्रबाट सराहना पनि गरिएको छ। - जनकल्याण एवं जनहित, जन...

लङभ्यू चियाबगान श्रमिकहरुको भोक हड्तालको ५३ घण्टापछि : अनशनकारीहरूको स्वास्थ्यमा समस्या

Image
लङभ्यू चिया बगानका श्रमिकहरूले जारी राखेको भोक हडतालले आज ५३ घण्टा पूरा गरेको छ। अनशनकारी विन्दिया थापा र सुमित देवान को स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। वर्ष २०१३ देखि बाँकी रहेको पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकम भुक्तानीको माग गर्दै श्रमिकहरूले २१ अप्रिल २०२६ देखि क्रमिक अनशन सुरु गरेका थिए। तर क्रमिक अनशनको ५० औँ दिनसम्म पनि मालिक पक्ष वा सरकारबाट कुनै ठोस पहल नभएपछि श्रमिकहरूले १३ जुन २०२६ देखि ७२ घण्टे भोक हडताल सुरु गरेका हुन्। हाल हिल प्लान्टेसन इम्प्लोइज युनियन का प्रतिनिधिहरू सुमेन्द्र तामाङ, सुमित देवान, कविता पाखरिन, विन्दिया थापा र छुनु बल भोक हडतालमा सहभागी छन्। आज बिहानदेखि विन्दिया थापा र सुमित देवान को स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उनीहरूको अवस्था चिन्ताजनक बन्दै गएको डा. आर. डी. बर्मन ले जानकारी दिएका छन्।

अन्त्येष्टि कार्य

Image
अन्त्येष्टि कार्य पेशोक चियाबारीको भट्टीडाँडा गावँ निवासी विकास सुब्बाको गत १० मईको दिन आकस्मिक निधन भएको हुँदा स्वर्गीय सुब्बाको अन्त्येष्टि कार्य आगामी २० जुन २०२६ को सम्पन्न हुने जानकारी गराउँद्छौ। जन्म:२८/०८/१९६९ मृत्यु: १०/०५/२०२६ अपिल:  सम्पुर्ण इष्ट-मित्र, साथी-भाई, आफन्त, शुभ चिन्तक, शवयात्रामा सामेल सबैलाई उपस्थित भई दिन अपिल गर्द्छौ। स्थान: स्थानीय सार्वजनिक भवन,पेशोक। अन्त्येष्टि मिति : २० जुन २०२६ विनित: श्रीमती गोपी सुब्बा (आमा), श्रीमती जनिता गुरुङ (धर्मपत्नी), सुश्री बिद्या सुब्बा, बिरा सुब्बा (बहिनीहरु) एवं सम्पुर्ण शोकाकूल परिवर। सम्पर्क नंवर: +91 81458 40124

अनशनको पचासौं दिन: लंङभ्यू चियाबगानका श्रमिकहरु द्वारा ७२ घण्टे अनशनको घोषणा

Image
१२ जुन 2026: लङभ्यू चिया बगानका श्रमिकहरूले पीएफ, ग्र्याचुटी लगायत सम्पूर्ण बक्यौता रकमको भुक्तानीको माग गर्दै ७२ घण्टे अनशनको घोषणा गरेका छन्। उल्लेखनीय छ कि श्रमिकहरूले आफ्ना विभिन्न मागहरू सम्बोधन गराउन गत २१ अप्रिल २०२६ देखि क्रमिक अनशन सुरु गरेका थिए। आज उक्त आन्दोलनको ५०औँ दिन पूरा भएको अवसरमा अनशनस्थलमा श्रमिक महाभेलाको आयोजना गरिएको थियो। भेलामा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका विभिन्न ट्रेड युनियन तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महाभेलालाई हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घका अध्यक्ष डी.के. गुरुङ, तराई सङ्ग्रामी चिया मजदुर युनियनका अविजित मजूमदार, नर्थ बंगाल टी प्लान्टेसन इम्प्लोइज युनियनका अविजित राय, सीआईटीयूका सचिन खाती, पश्चिम बंगाल चाय मजदुर समितिका क्रेसन उराँव, तराई डुवर्स चिया कमान मजदुर युनियनका भूपेन छेत्री, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका किशोर प्रधान तथा फासीवाद विरोधी मञ्चका शंकर पाललगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले उत्तर बंगालका चिया बगानहरूमा कार्यरत श्रमिकहरूले भोग्दै आएका समस्याप्रति गम्भीर चिन्ता व्यक...

पुलक मोक्तानले दिए पार्टी अनि पद बाट राजिनामा

Image
भागोप्रमो खरसाङ महकुमा समिति उपाध्यक्ष एवं तक्दाह-ग्लेनबर्न समष्टि अध्यक्ष पुलक मोक्तानले दिए पार्टी अनि साधरण सदष्य बाट राजिनामा। मोक्तानले आफ्नो अस्वस्थता एवं पारिवारिक कारण बताउदै राजिनामा दिएको उल्लेख गरेका छन् ।

जीटीए मुख्य कार्यपाल अनित थापाले गरे इन्टरलोक्यूटर पंकज कुमार सिङ संग भेट

Image
     अन्ततः अनितले भेटे वार्ताकारलाई । केन्द्र सरकार द्वारा पहाड समस्या समाधानको लागि नियुक्त गरिएको इन्टर्लोक्यूटर (वार्ताकार) पंकज कुमार सिङ संग आज रंगली रंगलीयट खण्ड स्थित तक्दाह फरेष्ट गेस्ट हाउसमा भएट्घाट माझ बातचीत भएको छ् । यस् भेट्घाट्मा जीटीए मुख्य कार्यपाल अनित थापा कार्यपालको रुपमा गएको थापाले आफ्नो सामजिक सञ्जालमा पोस्ट गरेका छन् ।      थापा अनि सिङ बीचको यो भेटघाट करिब ४५ मिनट रहेको जसमा पहाड्वासीको निम्ति भनिएको पिपिएस अर्थात पर्मानेन्ट पोलिटिकल सल्युसन माथि चर्चा भएको अनि उक्त भेट्घाट सौहाद्रपुर्ण रहेको पनि थापाले आफ्नो पोस्टमा लेखेका छन् ।