Posts

Showing posts from August, 2026

आईजीजेएफको ६० सदस्यीय केन्द्रीय समिति गठन: अध्यक्षमा अजय लुकास एडवर्ड्स

Image
न्यूज डेस्क: २९ अगस्त । इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) ले दार्जीलिङ स्थित गोर्खा रंगमञ्च (भानु भवन) मा हिजो २८ अगस्तको दिन पार्टीको प्रथम अधिवेशनमा आफ्नो ६० सदस्यीय केन्द्रीय समितिको औपचारिक रूपमा गठन गरेको छ।      नवगठित केन्द्रीय समितिको अध्यक्ष पदमा अजय लुकास एडवर्ड्स चयनित भएका छन् भने अवकाश प्राप्त आईपिएस अधिकारी नोर्बु छिरिङलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टीको उपाध्यक्षमा क्रमैले लाजरस तामाङ र रोबर्ट छेत्री छन् भने महासचिवको पदमा एन. बी. खवास तथा नारी जनशक्ति फ्रन्टको अध्यक्ष पदमा अधिवक्ता बन्दना राई चयनित भएका छन्। त्यसैगरी, सचिवमा बर्नन बिट्टो लेप्चा, रूबेन दास प्रधान र जीवन राई छन् भने संगठन सचिवको पदमा भरत तामाङलाई चयन गरिएको छ् साथै कोषाध्यक्षमा सन्नी बम्जन तथा सह–कोषाध्यक्षमा बिमल झावर चयनित भएका छन्। आईजीजेएफको केन्द्रीय प्रवक्ताको जिम्मेवारी श्याम गौतम, पुकार (जेम्स) गहताराज र आकाश प्रधानलाई दिइएको छ भने प्रेस तथा मिडिया प्रमुखमा दिपु थापा चयनित भएका छन्। )रक्षा बन्धनको बिशेष अवसरमा नारी जनशक्तिक...

सबैको मन जित्ने गिटारिस्ट देखि र्‍यापर बनेका सुबु घिसिङ्को "म नराम्रो मान्छे!" मा घोत्लिन्दा

Image
मलाई प्रशंसा गर या घृणा गर! म दुवै मध्येमा भागीदारी छुईन -सुबु ब्रो      ग्रामीण क्षेत्रको जनजीवन देखि जीवनलाई मजाले हेर्न रुचाउने आउने युवाहरुको मनो ईच्छा हो भन्दा फरक नपर्ला । युवा भने पछि दैनिक जीवन चक्रलाई नजिक बाट निहाल्ने, मान्छेको जीवन धान्ने तरिका अनि वर्तमान परिवेश लाई नजिक बाट बुझ्न कोशिष गर्न आतुर युवाहरु केही गर्न चाहन्छ्न् त कोही सहयोगको अनापेक्षाकृत भौतारिनु स्वभाविक होला ।  यस्तै युवा जमातको केन्द्र बिन्दु बनेको, समय अनुरुप आम मानिसहरुलाई सन्देश दिन चाहने युवा गिटारिस्ट देखि र्‍यापर बनेका सुबु ब्रो अथवा सुबु घिसिङले एक समय तहल्का मचाएका थिए । सुबुको "पाँच सौ रुपे र खसीको मासु ,,,," भन्ने गीतले राजनीतिक परिवेशलाई गर्माएको थियो एक समय । क्षेत्रको त्वरित विकासको ढोल पिटेर चुनावमा मत माग्दै विविध वाँचा गरेर नरिवल फुटाए तापनि विकास शून्य रहेको अवस्थालाई शब्दमा उतारेर आफै संगीत, लय अनि स्वर दिएर सार्वजनिक गरेर चर्चित बनेका सुबु अहिले र्‍यापर बनेका छन् ।      र्‍यापर बनेर सुबुले जे जस्ता गीतहरु गाएर सार्वजनिक गरे ,बुझ्ने...