दिनै पछि आएको तीब्र हावा हुण्डरीले धेरै क्षेत्रमा मचायो ताण्ड्व: धेरै घर, दोकान, होमस्टे आदि उडाए
पेशोक न्यूक डेस्क: १८ मार्च ।
गत १५ मार्च साझ देखि लगातार रातको समय आएको हावा हुण्डरीले पेशोक चियाबारी क्षेत्र लगायत विभिन्न क्षेत्रहरुमा आतंक नै मचाएर गएको छ् । उक्त तीब्र गतिमा आएको हावा हुण्डरीले पेशोक चियाबारीको गुम्बा डाँडा भ्यू-पोइन्ट क्षेत्रका बबल ब्लिस डोम लगायत दोकानहरुको छानो नै उडाएर अन्यत्र पुर्याए भने दुईवटा बबल ब्लिस डोम लाई पनि अर्को स्थानमा पुर्याएको छ् । मुसलधार बर्षाको साथ असिना संगै तीब्र गतिको हावाले उक्त आतंक मचाएर गए पछि मानिसहरु आतंकित बनेका छन् ।
यता मध्य पेशोक चियाबारी क्षेत्रमा पुनः सोह्र मार्च पनि सोही ताण्ड्व मचाएर गयो । पेशोक न्यूजलाई प्राप्त जानकारी अनुसार तक्लिङ-एक ग्राम पञ्चायत कार्यलयको पनि छानो उडाएर लगेको सुत्रले जनाएको छ् भने उक्त ग्राम पञ्चायत क्षेत्रका ससाना घरहरु पनि तहस नहस पारिदिएको छ् । यस्तो स्थितिले मानिसहरु रुनु न हाँस्नुको संघारमा छन् । अचनाक आएको प्राकृतिक ताण्ड्व लिलालाई कसले रोक्ने ???
अर्को तिर लप्चु चियाबारी क्षेत्र , नौ माईल, सिंग्रीताम, तक्दाह चियाबारी, टिस्टा बजार क्षेत्रमा पनि रुख ढ्लेर घरलाई क्षतिग्रस्त पुर्याएको स्रोत मार्फत थाहा लागेको छ् भने बिजनबारी खण्डमा पनि यस्तै बिध्वंस मचाएको सुत्रले जनाएको छ् भने यस विनाशकारी हावा पानीको कारण विद्युत सर्वाराह पनि सबै क्षेत्रमा ठ्प्प रहेको छ् भने विभागीय पक्ष बाट विद्युत सर्वाराह सचल हुने सर्वसाधारण आश्वास्थ छन् साथै हावा हुण्डरीले मचाएको ताण्डको कारण क्षय क्षति बारे जायजा लिन पनि समन्धित निकायले पहल गरिने छ् भन्ने आम मानिसहरुको मत रहेको छ् ।
Comments
Post a Comment