लप्चु डाँडा गावँमा रञ्जीत राईको घर आगलागीमा स्वाहा: कागज-पत्र केही जोगाउन पाएनन्
पेशोक न्यूज: 20 मार्च ।
तक्लिङ-पेशोक समष्टि अन्तर्गत लप्चु चियाबारीको पारी डाँडा गावँ वार्ड नंवर-6 निवासी रञ्जीत राई (४५) को घर जलेर स्वाहा भएको समाचार प्रकाशमा आएको छ् । घट्ना हिजो साँझ लगभग सात बजे बताइएको छ् भने अहिले विद्युत सर्वाराह ठ्प्प रहेको कारण मोम बत्ती बाट उक्त आगलागी भएको परिवार पक्ष अनि स्थानीयहरुको भनाई छ् ।
हिजो १९ मार्चको साँझ सात बजे घटेको उक्त आगलागी काण्ड्मा डाँडा गावँ निवासी रञ्जीत राई (४५) को घरको माथिल्लो भाग सबै जलेर स्वाहा भए भने भान्सा घरलाई पनि क्षति भएको बताइएको छ् । उक्त घटना वा आगोलाई नियन्त्रण गर्न कठिन बनेको बताइएको छ् कुनै कागज पत्रहरु ,लुगाफाटो यानी माथिल्लो तलाको कुनै सर समान निकाल्न नसकिएको स्थानीयको भनाई छ् । घट्ना स्थलमा रंगली रंगलीयट पञ्चायत समिति सदष्य सुजन थापा पनि पुगेका थिए।
आज घट्नाको जानकारी पाएर तक्लिङ-पेशोक समष्टि सभासद मनि प्रसाद राईले घटना स्थलको जायजा लिए भने रंगली रंगलीयट प्रहरी चौकी बाट पनि अधिकारीहरुले भ्रमण गरेको बताए साथै स्थानीय लामाहट्टा ग्राम पञ्चायत सदष्या लक्ष्मी राईले घट्ना स्थलको विस्तृत जानकारी संकलन गरेर सम्बन्धित निकाय समक्ष दिएको जानकारी छ् ।
Comments
Post a Comment