आईजीजेएफ-ले टाँस्यो शहरमा पोस्टर
प्रेस विज्ञप्ति
13 मार्च 2026
केन्द्र सरकारले जारी गरेको योजना राशी चिया श्रमिकहरूले झट्टै पाउनु पर्छ।
केन्द्र सरकारले जारी गरेको योजनाको राशी चिया श्रमिकहरूको बैंक खाता अविलम्ब जम्मा गरिनु पर्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठनले शहरमा ब्यापक रूपमा पोस्टरिङ गरेका छन्।यसै संदर्भमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय महासचिव जतन राईले चिया श्रमिकहरूले भोट बैंकको रूपमा मात्र प्रयोग गर्दै आइरहेको छ भन्ने बताए।चिया श्रमिकहरूलाई धेरै प्रकारको समस्याहरूले सताउदै आएको छ तर चिया श्रमिकहरूको समस्याहरू पहाडको सत्ताधारी राजनैतिक पार्टीको नेतृत्वहरूले एकरति बोलेका छैनन्।गत 2021,22 को संसदीय बजेट सेशनमा केन्द्र सरकारले चिया श्रमिकहरूको निम्ति 1 हजार करोड रूपिया आवटन गरेको थियो तर यतिका वर्षहरू बितिसक्दा पनि पश्चिम बंगालको चिया श्रमिकहरू केन्द्र सरकारले जारी गरेको योजना राशी प्राप्त गर्न सकेको छैन।हामीले यस विषयमा सरकार तथा सम्बंधित विभागीय अधिकारीहरूलाई धेरै पटक पत्रचार गर्यौं तर यस बारे पहाडको सत्ताधारी पार्टीको नेतृत्वहरूले कानमा तेल हालेर बस्यो।उत्तर बंगाल तथा पहाडको चिया श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना प्राप्त गर्न सकेको छैन।देशको असम राज्यमा पनि धेरैवटा चिया बगानहरू छन्।त्यसकारण केन्द्र सरकारले जारी गरेको योजना राशीलाई 40 प्रतिशत र 60 प्रतिशतको दरले छुट्टाएको छ।असम राज्यको चिया श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना राशी प्राप्त गरिसकेको छ।असम राज्यको चिया बगानहरूमा कार्यरत श्रमिकहरूको दैनिक ज्यालामा पनि सरकारले वृद्धि गरि दिई सकेको छ तर पश्चिम बंगालको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले केन्द्र सरकारले जारी गरेको योजना राशी पनि प्राप्त गर्न सकेको छैन।केन्द्र र राज्य सरकारको संघर्षले यहाँको चिया श्रमिकहरू पिसिनु पर्दैछ।त्यसरी नै आईजीजेएफ कार्यकर्ता ग्राम पंचायत सदस्य नेत्री लक्ष्मी राईले केन्द्र सरकारले जारी गरेको योजना राशी आजसम्म चिया श्रमिकहरूले किन पाउन सकेको छैन भन्ने विषय बारे हामीले चिया बगानको प्रबन्धकहरूसंग पनि कुराकानी गर्दैछौ अनि बगानको प्रबन्धकहरूले यस बारे सम्बंधित विभागीय अधिकारीहरूसंग कुराकानी गर्ने वचन पनि दिएको तिनले बताए।त्यसै गरी आईजीजेएफ कार्यकर्ता प्रमोद राईले केन्द्र सरकारले जारी गरेको योजना राशी असम राज्यको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले विगत धेरै अघिनै प्राप्त गरिसकेको छ तर उत्तर बंगालको चिया बगानहरूमा आजसम्म वितरण गर्न सकेको छैन। चिया बगानमा कार्यरत श्रमिकहरू जसको पीएफको राशी कटौती भई रहेका छन,उनीहरूले केन्द्र सरकारद्वारा जारी गरेको योजना राशीको हकदार बन्न सक्छ।त्यसकारण श्रमिकहरूले आफ्नो बैंक खातासंग पीएफको लिन्क गर्न पर्ने हुन्छ।चिया श्रमिकहरूको बैंक खाता पीएफसंग सम्पर्क भएको छैन भने तुरून्तै गराउनु होस।चिया श्रमिकहरूको पक्षमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले निरन्तर रूपमा आवाज उठाउँदै आई रहेको छ।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट
केन्द्रीय कार्यालय
दार्जीलिङ।
Comments
Post a Comment