विभिन्न बौद्ध गुम्बाहरुमा छेचु पुजा सम्पन्न
पेशोक न्यूज अप्डेट्स: २८ मार्च ।
आज पेशोक चियाबारीको बौद्ध गुम्बाहरुमा चैते दशैं यानी चैत्र महिनाको दशमी तिथिमा गरिने छेचु पुजा आयोजना गरियो। प्राप्त जानकारी अनुसार, पेशोक चियाबारीको टाँसी छ्योइलिङ गुम्बा अनि उग्येन दिछ्येन छ्योइलिङ गुम्बा, बडा मंगवा बस्तीको उग्येन थार्पालिङ गुम्बा, दस माईल, लप्चु लगायत अन्यान्य बौद्ध गुम्बाहरुमा विधि विधान अनुसार दशमी पुजा जसलाई छेचु पुजा वा गुरु रिम्पोर्छेको जन्म दिनको रुपमा पालन गरिने गरेको टाँसी छ्योइलिङ गुम्बा अनि उग्येन थार्पालिङ गुम्बाका सहसचिव अनि सचिव क्रमैले रुप कुमार योञ्जन अनि अमृत मोक्तानले जनाएका छन् ।
Comments
Post a Comment