कालेबुङ बाघधारा अपाङ्ग कल्याण सङ्गठनको आयोजनामा जिल्ला स्तरीय दिव्याङ्ग सभा सम्पन्न, रुदेन सादा लेप्चाको विशेष उपस्थिति

कलेबुङ:२७ मार्च ।
कालेबुङ बाघधारा अपाङ्ग कल्याण सङ्गठनको आयोजनामा जिल्ला स्तरीय दिव्याङ्ग सभा कालेबुङको ९ माइलस्थित वर्सिप सेन्टरमा सम्पन्न भयो। कार्यक्रममा जिल्लाभरीबाट दिव्याङ्ग सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
सभामा भागोप्रमोका विधायक उम्मेदवार रुदेन सादा लेप्चा प्रमुख रूपमा उपस्थित भई सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए। उनीसँग कालेबुङ-१ पञ्चायत समिति सह सभापति उत्तम राईको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दिव्याङ्ग समुदायका हक-अधिकार, सुविधा विस्तार तथा आत्मनिर्भरता सम्बन्धी विषयहरूमा विस्तृत छलफल गरिएको थियो।
यसैबीच, सङ्गठनका सदस्यहरूले विविध सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए। यसै अवधि सङ्गठनको पक्षबाट रुदेन सादा लेप्चालाई उनले आफ्नो पछिल्लो कार्यकालमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै संवर्द्धना पनि जनाइयो। साथै उनलाई आगामी विधान सभा चुनावका निम्ति पनि शुभकामना व्यक्त गरियो।कार्यक्रमलाई सम्बोधन गर्दै रुदेन सादा लेप्चाले दिव्याङ्ग समुदायको सशक्तिकरण, सम्मानजनक जीवन र आवश्यक पूर्वाधार विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै समावेशी समाज निर्माणमा सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण