Posts

गोजमुमोको सिलगढी-तराईमा संगठन विस्तार, भक्तिनगर ब्लक कमिटी गठन

Image
सिलगढी, १२ सेप्टेम्बर २०२६। दार्जीलिङ पहाड, खर्साङ, कालेबुङ र डुवर्सपछि गोर्खा जनमुक्ति मोर्चाले सिलगढी–तराईमा पनि संगठन विस्तारलाई तीव्रता दिएको छ। यसैक्रममा सिलगढी–तराई महकुमा समिति अन्तर्गत भक्तिनगर ब्लक कमिटी गठन गरिएको छ। श्रीमती सन्ध्या गुरुङको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा केन्द्रीय सदस्यहरू बिमल प्रधान, अर्जुन छेत्री, बाबु तामाङ र पृथ्वी साइबोको विशेष उपस्थिति रहेको थियो। नवगठित भक्तिनगर ब्लक कमिटीको अध्यक्षमा प्रदीप तामाङ चयन भएका छन्। उपाध्यक्षमा अशोक राई, अर्जुन छेत्री र नरेश साइबो तथा सचिवमा बबलु थापा चयन भएका छन्। कमिटीमा सह–सचिव, कोषाध्यक्षसहित ११ जना सल्लाहकार र ८ जना कार्यकारी सदस्यसमेत रहने गरी पूर्णता दिइएको छ। गोजमुमोले सिलगढी–तराईमा संगठनलाई थप सुदृढ गर्दै जमीनी स्तरसम्म पार्टीको गतिविधि विस्तार गर्ने जनाएको छ।

आईजीजेएफको ६० सदस्यीय केन्द्रीय समिति गठन: अध्यक्षमा अजय लुकास एडवर्ड्स

Image
न्यूज डेस्क: २९ अगस्त । इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) ले दार्जीलिङ स्थित गोर्खा रंगमञ्च (भानु भवन) मा हिजो २८ अगस्तको दिन पार्टीको प्रथम अधिवेशनमा आफ्नो ६० सदस्यीय केन्द्रीय समितिको औपचारिक रूपमा गठन गरेको छ।      नवगठित केन्द्रीय समितिको अध्यक्ष पदमा अजय लुकास एडवर्ड्स चयनित भएका छन् भने अवकाश प्राप्त आईपिएस अधिकारी नोर्बु छिरिङलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टीको उपाध्यक्षमा क्रमैले लाजरस तामाङ र रोबर्ट छेत्री छन् भने महासचिवको पदमा एन. बी. खवास तथा नारी जनशक्ति फ्रन्टको अध्यक्ष पदमा अधिवक्ता बन्दना राई चयनित भएका छन्। त्यसैगरी, सचिवमा बर्नन बिट्टो लेप्चा, रूबेन दास प्रधान र जीवन राई छन् भने संगठन सचिवको पदमा भरत तामाङलाई चयन गरिएको छ् साथै कोषाध्यक्षमा सन्नी बम्जन तथा सह–कोषाध्यक्षमा बिमल झावर चयनित भएका छन्। आईजीजेएफको केन्द्रीय प्रवक्ताको जिम्मेवारी श्याम गौतम, पुकार (जेम्स) गहताराज र आकाश प्रधानलाई दिइएको छ भने प्रेस तथा मिडिया प्रमुखमा दिपु थापा चयनित भएका छन्। )रक्षा बन्धनको बिशेष अवसरमा नारी जनशक्तिक...

सबैको मन जित्ने गिटारिस्ट देखि र्‍यापर बनेका सुबु घिसिङ्को "म नराम्रो मान्छे!" मा घोत्लिन्दा

Image
मलाई प्रशंसा गर या घृणा गर! म दुवै मध्येमा भागीदारी छुईन -सुबु ब्रो      ग्रामीण क्षेत्रको जनजीवन देखि जीवनलाई मजाले हेर्न रुचाउने आउने युवाहरुको मनो ईच्छा हो भन्दा फरक नपर्ला । युवा भने पछि दैनिक जीवन चक्रलाई नजिक बाट निहाल्ने, मान्छेको जीवन धान्ने तरिका अनि वर्तमान परिवेश लाई नजिक बाट बुझ्न कोशिष गर्न आतुर युवाहरु केही गर्न चाहन्छ्न् त कोही सहयोगको अनापेक्षाकृत भौतारिनु स्वभाविक होला ।  यस्तै युवा जमातको केन्द्र बिन्दु बनेको, समय अनुरुप आम मानिसहरुलाई सन्देश दिन चाहने युवा गिटारिस्ट देखि र्‍यापर बनेका सुबु ब्रो अथवा सुबु घिसिङले एक समय तहल्का मचाएका थिए । सुबुको "पाँच सौ रुपे र खसीको मासु ,,,," भन्ने गीतले राजनीतिक परिवेशलाई गर्माएको थियो एक समय । क्षेत्रको त्वरित विकासको ढोल पिटेर चुनावमा मत माग्दै विविध वाँचा गरेर नरिवल फुटाए तापनि विकास शून्य रहेको अवस्थालाई शब्दमा उतारेर आफै संगीत, लय अनि स्वर दिएर सार्वजनिक गरेर चर्चित बनेका सुबु अहिले र्‍यापर बनेका छन् ।      र्‍यापर बनेर सुबुले जे जस्ता गीतहरु गाएर सार्वजनिक गरे ,बुझ्ने...

मोर्चा अध्यक्ष विमल गुरुङका नाति कैरव ब्योर्न गुरुङको भात खुवाईमा पुगे सांसद बिष्ट

Image
सांसद बिष्ट अनुसार, आज आदरणीय बिमल गुरुङज्यु र आशा गुरुङज्युका प्रिय नाति कैरव ब्योर्न गुरुङको भात खुवाईको पावन अवसरमा उपस्थित भई उहाँलाई आशिष प्रदान गरेँ। मलाई यस पारिवारिक समारोहमा आत्मीयतापूर्वक निमन्त्रणा गर्नुभएकोमा गुरुङ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। आजको दिन केवल एउटा संस्कार मात्र होइन, एउटा नयाँ जीवनयात्राको सुन्दर सुरुआत पनि हो। कैरवलाई मेरो हार्दिक आशीर्वाद। ईश्वरले उहाँलाई सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र उज्ज्वल भविष्य प्रदान गरून् भन्ने कामना गर्दछु। उहाँका अभिभावक अवि गुरुङ र निकी गुरुङलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। हाम्रा राजनीतिक दल फरक हुन सक्छन्, तर हाम्रो सम्बन्ध राजनीति भन्दा धेरै माथि छ। हामी सबै एउटै गोर्खा समाजका सदस्य हौं, एउटै माटो, संस्कार र पहिचानले जोडिएका परिवार हौं। यस्ता आत्मीय क्षणहरूले हाम्रो सामाजिक एकता र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु। अन्त्यमा, सम्पूर्ण गोर्खा समाजसँग मेरो विनम्र आग्रह छ, हामी सबै मिलेर हाम्रो नयाँ पुस्ताका लागि शिक्षा, अवसर, सुरक्षा र...

Big Mews Breakingजीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा

Image
Big Mews Breaking जीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा । BIG BREAKING |  A New Chapter for the Hills Today marks a significant moment in the history of the Darjeeling Hills. ✨ Anit Thapa has resigned from his position in the GTA, putting the interests of the hills and its people above all else. A new government is set to take charge, carrying forward the aspirations, rights, and long-standing demands of the people of the hills. May this transition bring unity, development, peace, and a stronger voice for every resident of the region. The hills have spoken. The future begins now. #DarjeelingHills #GTA #AnitThapa #HillPolitics #NewBeginning #Development #PeopleFirst #BreakingNews #VoiceOfTheHills #JaiGorkha

जन्तर मन्तरमा भोक हड्तालमा सोनम वाङचुक: सरकार मौन धारणमा

Image
नयाँ दिल्लीको जन्तर मन्तरमा विगत १८-१९ दिन देखि आमरण अनसन भोक हड्ताल बसेका सोनाम वाङचुकको अवस्था नाजुक बन्दै! उनको अवस्था बुझ्न सरकारको पक्ष बाट अहिले सम्म कोही आएका छैन। डाक्टरले स्वास्थ्य जाँच गरिरहेका छन् तर वाङचुक हड्ताल तोड्ने पक्षमा छैनन् । स्रोत: फेसबुक

लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन

Image
#न्यूज_अप्डेट्स: लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन     न्यूज डेस्क:१६ जुलाई। लामाहट्टा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लिएर आज विद्यालय परस्परमा अवस्थित भवनमा लप्चु फरेष्ट बीट् तक्दाह रेञ्जको आयोजनामा अरण्य साप्ताह पालन गरिएको लामाहट्टा जेएफएमसी सुत्रले जनाएको छ् । आज सम्पन्न उक्त अरण्य साप्ताह कार्यक्रममा पर्यावरण बचाउने पहल अनि प्लास्टिक मुक्त परिवेशको परिकल्पनालाई लिएर विद्यार्थी, शिक्षक, जेएफएमसी पदाधिकारी, कर्मचारीहरुलाई अवगत गराइएको थियो भने वन विभागको पक्ष बाट बीट अफिसर प्रदीप छेत्री अनि दार्जीलिङ बाट आएकी कमलेश प्रधान राईले पनि अरण्य साप्ताहको औचित्य बारे प्रकाश पारेका थिए भनी सुत्रले थप जनाएको छ् । JFMCLAMAHATTA,#Takdahrange_Lopchu_Beat, #LamahattaHigherSecondarySchool,#PashokNews