Posts

सबैको मन जित्ने गिटारिस्ट देखि र्‍यापर बनेका सुबु घिसिङ्को "म नराम्रो मान्छे!" मा घोत्लिन्दा

Image
मलाई प्रशंसा गर या घृणा गर! म दुवै मध्येमा भागीदारी छुईन -सुबु ब्रो      ग्रामीण क्षेत्रको जनजीवन देखि जीवनलाई मजाले हेर्न रुचाउने आउने युवाहरुको मनो ईच्छा हो भन्दा फरक नपर्ला । युवा भने पछि दैनिक जीवन चक्रलाई नजिक बाट निहाल्ने, मान्छेको जीवन धान्ने तरिका अनि वर्तमान परिवेश लाई नजिक बाट बुझ्न कोशिष गर्न आतुर युवाहरु केही गर्न चाहन्छ्न् त कोही सहयोगको अनापेक्षाकृत भौतारिनु स्वभाविक होला ।  यस्तै युवा जमातको केन्द्र बिन्दु बनेको, समय अनुरुप आम मानिसहरुलाई सन्देश दिन चाहने युवा गिटारिस्ट देखि र्‍यापर बनेका सुबु ब्रो अथवा सुबु घिसिङले एक समय तहल्का मचाएका थिए । सुबुको "पाँच सौ रुपे र खसीको मासु ,,,," भन्ने गीतले राजनीतिक परिवेशलाई गर्माएको थियो एक समय । क्षेत्रको त्वरित विकासको ढोल पिटेर चुनावमा मत माग्दै विविध वाँचा गरेर नरिवल फुटाए तापनि विकास शून्य रहेको अवस्थालाई शब्दमा उतारेर आफै संगीत, लय अनि स्वर दिएर सार्वजनिक गरेर चर्चित बनेका सुबु अहिले र्‍यापर बनेका छन् ।      र्‍यापर बनेर सुबुले जे जस्ता गीतहरु गाएर सार्वजनिक गरे ,बुझ्ने...

मोर्चा अध्यक्ष विमल गुरुङका नाति कैरव ब्योर्न गुरुङको भात खुवाईमा पुगे सांसद बिष्ट

Image
सांसद बिष्ट अनुसार, आज आदरणीय बिमल गुरुङज्यु र आशा गुरुङज्युका प्रिय नाति कैरव ब्योर्न गुरुङको भात खुवाईको पावन अवसरमा उपस्थित भई उहाँलाई आशिष प्रदान गरेँ। मलाई यस पारिवारिक समारोहमा आत्मीयतापूर्वक निमन्त्रणा गर्नुभएकोमा गुरुङ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। आजको दिन केवल एउटा संस्कार मात्र होइन, एउटा नयाँ जीवनयात्राको सुन्दर सुरुआत पनि हो। कैरवलाई मेरो हार्दिक आशीर्वाद। ईश्वरले उहाँलाई सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र उज्ज्वल भविष्य प्रदान गरून् भन्ने कामना गर्दछु। उहाँका अभिभावक अवि गुरुङ र निकी गुरुङलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। हाम्रा राजनीतिक दल फरक हुन सक्छन्, तर हाम्रो सम्बन्ध राजनीति भन्दा धेरै माथि छ। हामी सबै एउटै गोर्खा समाजका सदस्य हौं, एउटै माटो, संस्कार र पहिचानले जोडिएका परिवार हौं। यस्ता आत्मीय क्षणहरूले हाम्रो सामाजिक एकता र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु। अन्त्यमा, सम्पूर्ण गोर्खा समाजसँग मेरो विनम्र आग्रह छ, हामी सबै मिलेर हाम्रो नयाँ पुस्ताका लागि शिक्षा, अवसर, सुरक्षा र...

Big Mews Breakingजीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा

Image
Big Mews Breaking जीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सभासदको पद अनि मुख्य कार्यपालको पद बाट दिए राजिनामा । BIG BREAKING |  A New Chapter for the Hills Today marks a significant moment in the history of the Darjeeling Hills. ✨ Anit Thapa has resigned from his position in the GTA, putting the interests of the hills and its people above all else. A new government is set to take charge, carrying forward the aspirations, rights, and long-standing demands of the people of the hills. May this transition bring unity, development, peace, and a stronger voice for every resident of the region. The hills have spoken. The future begins now. #DarjeelingHills #GTA #AnitThapa #HillPolitics #NewBeginning #Development #PeopleFirst #BreakingNews #VoiceOfTheHills #JaiGorkha

जन्तर मन्तरमा भोक हड्तालमा सोनम वाङचुक: सरकार मौन धारणमा

Image
नयाँ दिल्लीको जन्तर मन्तरमा विगत १८-१९ दिन देखि आमरण अनसन भोक हड्ताल बसेका सोनाम वाङचुकको अवस्था नाजुक बन्दै! उनको अवस्था बुझ्न सरकारको पक्ष बाट अहिले सम्म कोही आएका छैन। डाक्टरले स्वास्थ्य जाँच गरिरहेका छन् तर वाङचुक हड्ताल तोड्ने पक्षमा छैनन् । स्रोत: फेसबुक

लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन

Image
#न्यूज_अप्डेट्स: लप्चु फरेष्ट बीट तक्दाह रेञ्जको आयोजनामा आज लामाहट्टा उमावि-मा अरण्य साप्ताह पालन     न्यूज डेस्क:१६ जुलाई। लामाहट्टा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लिएर आज विद्यालय परस्परमा अवस्थित भवनमा लप्चु फरेष्ट बीट् तक्दाह रेञ्जको आयोजनामा अरण्य साप्ताह पालन गरिएको लामाहट्टा जेएफएमसी सुत्रले जनाएको छ् । आज सम्पन्न उक्त अरण्य साप्ताह कार्यक्रममा पर्यावरण बचाउने पहल अनि प्लास्टिक मुक्त परिवेशको परिकल्पनालाई लिएर विद्यार्थी, शिक्षक, जेएफएमसी पदाधिकारी, कर्मचारीहरुलाई अवगत गराइएको थियो भने वन विभागको पक्ष बाट बीट अफिसर प्रदीप छेत्री अनि दार्जीलिङ बाट आएकी कमलेश प्रधान राईले पनि अरण्य साप्ताहको औचित्य बारे प्रकाश पारेका थिए भनी सुत्रले थप जनाएको छ् । JFMCLAMAHATTA,#Takdahrange_Lopchu_Beat, #LamahattaHigherSecondarySchool,#PashokNews

टिबिएचएस-ले पालन गर्‍यो कौस्तुभ जयन्तीको अवसरमा आदि कवि भानुभक्त आचार्यको २१२ वाँ जन्म जयन्ती

Image
टिबिएचएस-ले पालन गर्‍यो कौस्तुभ जयन्तीको अवसरमा आदि कवि भानुभक्त आचार्यको २१२ वाँ जन्म जयन्ती न्यूज_डेस्क:१६ जुलाई । टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयले हिजो एक भव्य कार्यक्रम बीच २१२ औं भानु जयन्ती पालन गर्‍यो भने विविध नेपाली भाषा साहित्य माथि विविध विद्याहरुमा अन्तर-विद्यालय प्रतियोगिता पनि सम्पन्न गर्‍यो।      विद्यालयले आफ्नो स्थापनाको ७५ बर्ष पुराको सुखद अवसरमा कौस्तुभ जयन्तीको बिशेष अवसरमा नै २१२ वाँ भानु जयन्तीको कार्यक्रम आयोजना गरिएको हो। हिजो सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयहरु, माध्यमिक शिक्षा केन्द्रहरु आदिका विद्यार्थीहरुलाई लिएर नेपाली भाषा साहित्य माथि कथा, कविता, वाकपटुता, चित्रकला अनि निबन्ध लेखन मा प्रतियोगिता पनि सम्पन्न गरिएको थियो जसमा निम्न विद्यालयका विद्यार्थीहरुले जीत हासिल गरे। - कविता  क्रम संख्या     प्रतियोगी   विद्यालय  १.सेविका गुरूङ - दशौँ श्रेणी - टिस्टा ब्रिज उमा. २.स्वयम मुसलमान - मानेडाँडा एमएसके, तकदाह चियाबारी । ३.अनुकल्प भुजेल - दशौँ श्रेणी - अप्पर बडामंगवा एमएसके। ४.ग्रिफि...

मदन पुरस्कार विजेता लेखक छुदेन काविमोलाई एकता बुक इन्डियाद्वारा सम्मान

Image
सिलगढी, ९ जुलाई। ‘उरमाल’ उपन्यासका लागि वर्ष २०२५ को मदन पुरस्कार प्राप्त गरेका युवा आख्यानकार छुदेन काविमोलाई आज विशेष कार्यक्रम बीच एकता बुक इन्डियाले सम्मान गरेको छ। ‘उरमाल’ काविमोको पछिल्लो उपन्यास हो, जसमा चियाबारी श्रमिकहरूको जीवनसंघर्षलाई मार्मिक रूपमा चित्रण गरिएको छ। ‘फातसुङ’ उपन्यासमार्फत एकाएक चर्चामा आएका काविमोको विशिष्ट लेखनशैलीका कारण ‘उरमाल’ पनि पाठकमाझ अत्यन्त लोकप्रिय भइरहेको छ। कार्यक्रममा उपस्थित प्रा. डा. मोहन पी. दाहालले ‘उरमाल’ले आफ्नो बाल्यकालका स्मृतिहरू ताजा गराइदिएको बताउँदै डुवर्ससँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव सुनाए। उनले भने, “बाल्यकालमा हिँडेको, डुलेको र पौडी खेलेको समय फेरि सम्झिएँ।” सम्मान कार्यक्रमसँगै लेखक छुदेन काविमोसँग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले उनको लेखन, सिर्जना प्रक्रिया र साहित्यिक यात्राबारे जिज्ञासा राखेका थिए। नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा पुस्तकप्रेमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।