Posts

Showing posts from April, 2026

लंङभ्यू चियाबगानका श्रमिकहरुको अनसन स्थलमा पुगे आईजीजेएफ प्रमुख एड्वर्ड्स

Image
       लङभ्यु चिया बगानमा गत पाँच दिन देखि आयोजित श्रमिकहरुको अनसन/धरना कार्यक्रममा आईजीजेएफ केन्द्रीय संयोजक अजय एड्वर्ड्स सहभागी भए साथै त्यहाँका श्रमिकहरूले न्यायका लागि गरिरहेको संघर्षमा ऐक्यबद्धता जनाउन पाउँदा गर्व र सन्तोषको अनुभूति भएको बताए। दिनभरि उपवासमा बसेपछि मात्र आन्दोलन टुंग्याउनु परेका श्रमिकहरूको अवस्था अत्यन्तै संवेदनशील र चिन्ताजनक रहेको स्पष्ट देखिन्छ।            अनसनकारीहरुको साथमा आफू रहेको भन्दै अजय एड्वर्ड्सले भने, धेरै महिनादेखि श्रमिकहरूले आफ्नो पारिश्रमिक तथा भविष्य निधि (PF) प्राप्त गर्न सकेका छैनन्।भविष्य निधि रकम जम्मा नगर्नु कानुनतःगम्भीर अपराध हो,जसमा पक्राउ समेत हुन सक्छ। तर,गाडीधुरा प्रहरी चौकीमा एफआईआर दर्ता भएको लामो समय बितिसक्दा पनि सम्बन्धित पक्षमाथि कुनै ठोस कारबाही नहुनु न्याय प्रणालीप्रति गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ। यस्ता अन्याय र शोषणका विरुद्ध आवाज उठाउनकै लागि हामी राजनीतिमा प्रवेश गरेका हौं। यस कठिन घडीमा म सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूसँग दृढतापूर्वक उभिने प्...

आरआर खण्ड अन्तर्गतका चार समष्टिहरूमा करिब ८३ प्रतिशत मतदान

Image
न्यूज डेस्क: २४ अप्रेल । पश्चिम बंगाल विधानसभा चुनाव २०२६ अन्तर्गत पहिलो चरणको मतदान हिजो, अप्रेल २३ मा सम्पन्न भएको छ। राज्यका १६ जिल्लाका १५२ वटा विधानसभा सीटका लागि मतदान भएको हो। दार्जीलिङ पहाडी क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यसै क्रममा, २४-खरसाङ विधानसभा समष्टि अन्तर्गत पर्ने रंगली-रंगलीयट (आरआर) खण्डका चारवटा समष्टिहरूमा पनि शान्तिपूर्ण मतदान भएको खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले जानकारी दिएका छन्। खण्डभरि रहेका ७७ वटा मतदान केन्द्रमा कुल ५६ हजार ४९२ मतदातामध्ये ४७ हजार ५७ जनाले मतदान गरेका छन्, जुन करिब ८३ प्रतिशत हो। समष्टि अनुसार हेर्दा— तक्लिङ–पेशोकमा ११,६८६ मध्ये ९,४७८ जनाले, तक्दाह–ग्लेनबर्नमा ११,४१० मध्ये ९,२९६ जनाले, तक्दाह–टिस्टाभ्यालीमा १९,२३१ मध्ये १५,९१६ जनाले, र लाब्दा–मंग्पूमा १४,१६५ मध्ये ११,९६७ जनाले मतदान गरेका छन्। यससँगै, विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको भाग्य इभीएम मेसिनमा सुरक्षित भएको छ। शान्तिपुर्ण मतदान अनि मतदान अवधि सशरीर खटेर सहयोग पुर्‍याउने सहयोग संघ लगायत सुरक...

कलकत्ता मिटिङम भएको पिएफ सम्झौता मालिकले उल्लंघन गरे पछि श्रमिकहरु उत्रिए अनसनमा

Image
लङव्यु कमानका श्रमिकहरु अनशनमा :  लङव्यु कमानका श्रमिकहरु अनशनमा छन् भने मालिक अनि मालिक पुच्छरे राजनैतिक पार्टीका श्रमिक संगठन अनि ठूल्ठूला पुँजी भएका नेताहरु बाजार अनि कमान तिर गएर नाची रहेका छन्। लङव्यु कमानका श्रमिकहरुको यो स्थितिले पहाड भित्रको दुई वटा पहाडलाई छुट्याई दिएको छ। एउटा पहाड जसमा खटि खाने श्रमजीवी मानिसहरू आफ्नु अधिकारको निम्ति लडी रहेका छन् अनि अर्को पहाड जसमा पुँजीका खेताला अनि राजनैतीक सत्ताको खेलमा रमाउने जमात रहेका छन्। आज दिनांक 21 तारीख अप्रेल 2026 को दिन 11 जना श्रमिकहरु अनशनमा बसेका छन् भने संघर्ष निरन्तर नै रहेको छ भनेर श्रमिकहरुले जनाएका छन्।  जय श्रमिक। Hill Plantations Employees Union

मलेसिया बाट आयो दु:खद खबर: टिस्टा बजार निवासी रुकेश राईको हृदयघातको कारण निधन

Image
मलेसिया बाट आयो दु:खद खबर: टिस्टा बजार निवासी रुकेश राईको हृदयघातको कारण निधन * दार्जीलिङ माटोको माया सेवा संस्थाद्वारा मलेसिया बाट स्वर्गीय रुकेश राईको पार्थिव शरीर उद्धार गरिएको जानकारी पेशोक न्यूजलाई प्राप्त भएको छ् । प्राप्त जानकारी अनुसार, टिस्टा बजार निवासी सूर्य राईका सुपुत्र स्वर्गीय रुकेश राईको गत मिति १३/०४/२०२६ मा मलेसियामा हृदयघातको कारण दुःखद निधन भएको थियो। परिवार पक्षको अनुरोध अनुसार दार्जीलिङ माटोको माया सेवा संस्थाको पहल तथा अध्यक्ष दिवस दियालीको अथक प्रयासमा दिवंगत रुकेस राईको पार्थिव शरीर स्वदेश ल्याउने कार्य सफल भएको छ भनी जनाइएको छ् ।      दार्जीलिङ माटोको माया सेवा संस्थाले पेशोक न्यूजलाई जनाए अनुसार स्वर्गीय रुकेश राईको पार्थिव शरीर हिजो मिति १७ तारिख राति करिब १० बजे कलकत्ता एयरपोर्टमा रिसिभ गरिएको, त्यसपछि एम्बुलेन्स मार्फत शवलाई कलकत्ता देखि टिस्टा बजार स्थित निवास तर्फ ल्याइने कार्य जारी रहेको छ। पार्थिव शरीर आज मिति १८ तारिख दिउँसो घर पुर्‍याइने जानकारी प्राप्त भएको बताउदै पार्थिव शरीर रिसिभ गर्नका लागि संस्थाका महासचिव प्रवीण शाहशंकर, परिवार प...

मेरीबोङ टार धुरामा समर्थन सभा

Image
       चुङथुङ मरीबोङ तामसाङ समष्टिमा  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा  अध्यक्ष अनित थापाको कार्य अनि समष्टि सभापति सन्दिप क्षेत्रीको सोचलाई मन पराएर मेरीबोङ टार धुरामा  59 घरले भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चामा समर्थन गरेका छन्। आजको सभामा समष्टि सभासद् सन्दिप क्षेत्रीको बाहुलीबाट ग्रामबासीले दलीय झण्डा ग्रहण गरे। समिति सदस्य अश्विन लखान्द्र,  समष्टि सदस्य अजय राई, समष्टि सचिव ललित तामाङ, समष्टि सहसचिव सुन्दर राई, बुथ सभापति जगत तामाङ आदिले सभालाई सम्बोधन गरे भने रोमन विश्व, दिवार राई, पेम्बा शेर्पा, राजन राई, सरोज शेर्पा  आदिको प्रमुख उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले उक्त बुथबाट भारी मात्रामा विजय राई सरलाई टर्चलाइट चिनोमा भोट गरेर विजय तुल्याउने आग्रह गरे।

अस्ताए आशा:रसाए करोडौं फ्यानको आँखा !

Image
     भारतीय सिने जगत लगायत नेपाली फिल्म जगतमा पनि आफ्नो सुरिलो स्वरले एक समय उधुम मचाएकी गायिका आशा भोस्लेले आज अन्तिम श्वास लिइन् । उनी ९२ बर्षकी थिइन् । आनन्द भोस्लेले आफ्नो आमाले संसार छाडेको पुष्टि गरे भने भोलि आम मानिसहरुको निम्ति अन्तिम दर्शनको समय दिए पश्चात् अन्तिम संसार हुने पनि गायिका आशा भोसलेका छोरा आनन्द भोसलेले जनाए। गायिका आशाको निधनको खबरले संगीत जगतमा स्तब्ध छाउनुका साथै सबैको आँखा रसाए भने करोडौं फ्यान्सले उनको गीतलाई स्मरण गरे।      गायिका आशा लता मंगेसकरकी बहिनी हुन् । आशाले हिन्दी फिल्मका गीतहरु बाहेक नेपाली फिल्मका गीतहरु पनि गाएकी छिन् । आशा भोंसलेको निधन प्रति Pashok News हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छ।

भाजपा प्रार्थी सोनाम लामा तक्लिङ-पेशोक समष्टि क्षेत्रमा भोट्को अपिल गर्दै

Image
भाजपा प्रार्थी सोनाम लामाको घर दैलो अभियानमा तक्लिङ-पेशोक समष्टि क्षेत्रमा     २४/खरसाङ विधान सभा आसान बाट चुनाव मैदानमा उत्रिएका भाजपा प्रार्थी सोनाम लामाको घर दैलो अभियान अहिले तीब्रगतिमा छ् भने हिजो मात्र तक्लिङ-पेशोक समष्टि क्षेत्रमा प्रार्थी लामाको घर दैलो अभियान गरियो। प्रार्थी लामाको साथमा भारतीय जनता पार्टीका तक्लिङ-पेशोक मण्ड्ल अध्यक्ष शैलेन्द्र देवान, वरिष्ठ कार्यकर्ता कल्याण ब्लोन लगायत अन्य कार्यकर्ताहरु उक्त धर दैलो अभियानमा उत्रिएका थिए।      आफू पनि चिया कमा क्षेत्र बाट रहेको कारण चिया बगानवासीको विविध प्रकारको समस्याहरु देखि अनभिज्ञ नरहेको प्रार्थी सोनाम लामाले दर्पणलाई जनाए। तिनले भाजपाले ल्याएको श्रम कानून बारे जनाउदै भने, भाजपाले जुन प्रकारले श्रमिकहरुको निम्ति कार्य गरेको छ् त्यो आज सम्म कसैले गरेको छैन। चियाश्रमिकहरुको निम्ति भाजपा सरकारले ल्याएको श्रम कानूनमा सामजिक सुरक्षा पनि रहेको उनले उल्लेख गरे । प्रार्थी लामा पेशोक चियाबारी (माथिल्लो विभगमा) श्रमिकहरुले पत्ती तौलाईमा रहेको अनि बगान नखोलियोस भने भनेको कुरोलाई गम्भीरता संग लिएर श्रमिकहर...

आदर्श संघका सदष्यहरु संग कालेबुङ-१ पञ्चायत समिति सहकारी सभापति उत्तम राईले भेट गरे

Image
कालेबुङ ३४ नम्बर समष्टि अन्तर्गत पाइला गाउँ ब्लक बी मा रहेको आदर्श संघले धेरै दिन अघि देखि उत्तम राईलाई  भेट्ने इच्छा गरेका थिए भने उक्त गाउँमा पुगि समाजका सदस्यहरू सँग भेट गरे। उक्त समाजले यस पालिको चुनावमा आफ्नो गाउँ अनि कालेबुङको उज्वल भबिष्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रार्थी  रुदेन सादा लेप्चालाई पुर्ण सहयोग गर्ने वचन पनि दिएका छन्।

45 जना युवाहरुले भागोप्रमोको झण्डा समाए पछि आईजीजेएफ शून्य बन्यो रम्बी

Image
४५ जना युवाहरूले समाए भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झन्डा,रम्बिमा IGJF बन्यो शुन्य  रम्बि हाई वे क्षेत्रबाट आज ४५ परिवारले श्री आदित्य मुखियाको अगुवाइमा मङ्पू लाब्दा समष्टि पार्टी कार्यालयमा समर्थन जनाए। सभासद श्री रतन कुमार थापाले खादा अनि झन्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। आजको यस समर्थन सभामा युवा शक्ति सभापति श्री दिब्य प्रकाश बम्जन, सचिव श्री रजित तामाङ, युवा शक्ति केन्द्रिय समिति प्रवाक्त श्री अनित खाती आदिको बिशेष उपस्थिति रहेको थियो। आज कै समर्थन सभामा रम्बि वाई वे युवा शक्तिको जिम्मेवारी श्री आदित्य मुखिया (सभापति) अनि श्री बिपेन  महतो (सचिव) लाई युवा शक्तिले नियुक्ति पत्र पनि प्रदान गरे। आजको यस समर्थन सभालाई सचिव श्री बिज्ञान मिश्राले संचालन गरेका थिए।

पेशोक पैरेनीमा प्राकृतिक पुजा वा संसारी पुजा

Image
पेशोक चियाबारीको पैरेनीमा राम समाज अनि रक्की भिल्ला सुधार समाजको संयुक्त आयोजनामा आज परापुर्व देखि गर्दै ल्याएको प्राकृतिक पुजा वा संसारी पुजा आज पुजारी चन्दन राना मंगरको मन्त्रोच्चारणको साथ सम्पन्न गरियो।

टिस्टाभेल्लीको डिपिसाईट क्षेत्रमा विभिन्न दल त्यागेर आईजीजेएफ-मा सामेल

Image
मिति: ४ अप्रेल । टिस्टा भेल्ली चियाबारी अन्तर्गत डी.पी. साइडको ठुलो फूलबारी क्षेत्रमा हिजो तीन अप्रेलको दिन एउटा विशेष कार्यक्रमको आयोजना गरियो। बरदेव बम्जनको नेतृत्वमा १५  परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई त्यागेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टको दलीय झण्डा ग्रहण गरेको आईजीजेएफको मिडिया सेलले जनाएको छ् ।      प्राप्त जानकारी अनुसार, परिवर्तनको यो लहर यतिमा मात्र सीमित रहेन। खहरे गाउँको विश्वकर्म एकता समाजका ४५ घर परिवारले पनि एकैसाथ भागोप्रमो र भाजपा परित्याग गर्ने घोषणा गरे। उनीहरू सबैलाई आइजीजेएझ (IGJF) का अध्यक्ष बेनोर राईले भव्य स्वागत गर्दै दलीय झण्डा प्रदान गरे। यी नेताहरूको उपस्थितिमा भयो स्वागत समर्थन र मिलनको यो विशेष कार्यक्रममा पार्टीका महासचिव:मिलन कटुवाल सचिव: सहदेव मुखिया, उपाध्यक्ष कुन्दन मङ्गर, श्रमिक संघ: केन्द्रीय सदस्य बुद्ध कुमार मंगर, युवा जनशक्ति फ्रन्ट अध्यक्ष: बादल राई , महासचिव राजेश दर्नाल र सह सचिव मर्कुस लोहागण, नारी शक्ति: अध्यक्ष योगिता राई आदि उपस्थित थिए।  नव-प्रवेशीहरूले क्षेत्रको विकास र गोर्खाहरूको हक-...

विभिन्न गिर्जाघरहरुमा राम्रो शुक्रवार श्रद्धा एवं भक्तिको साथ पालन

Image
पेशोक न्यूज: ३ अप्रेल। इसाई सामुदायहरुको निम्ति महत्वपूर्ण मानिएको गुँड्फ्राईडे अर्थात राम्रो शुक्रवार तक्लिङ-पेशोक क्षेत्र लगायत पहाड्का विभिन्न गिर्जाघरहरुमा पालन गरियो।      आज कै दिन 33 AD मा गुँड्फ्राईडे पालन गरिएको थियो भनी पेशोक चियाबारीका हिमालय क्रुसेड पेन्टिक्स्ट्ल चर्चका सचिव फिलिप तामगले जानकारी गराएका छन् भने आज चर्चमा बिशेष गरेर युवा समूह द्वारा वर्शिप सर्भिस गरिनुका साथै भक्ती अनि श्रद्धाको साथ प्रभु येशुको आजको बिशेषता बारे जनाइएको थियो।        पेशोक चियाबारी लगायत संलग्न क्षेत्रका गिर्जा घरहरु अनि दार्जीलिङ, खरसाङ , कालेबुङ अनि तराई, डुअर्स, समतल क्षेत्र सिलगढी आदिका सम्पुर्ण गिर्जाघरहरुमा गुँड्फ्राईडे पालन गरिएको थाहा लागेको छ् ।

श्रमजिवी पहलको पक्ष बाट चुनाव मैदानमा उत्रिए युवा नेतृत्व सुमेन्द्र तामङ: सुकुना देखि प्रचार गर्दै ।

Image
आज श्रमजीवी पहलको पक्षबाट श्रमिकहरुले उठाएको स्वतन्त्र उम्मेदवार सुमेन्द्र तामाङको प्रचार अभियान खरसाङ विधान सभा क्षेत्रको प्रवेश द्वार सुकुना देखि रोङटाङ, सिपाईधुरा कमान हुँदै नरबुङ कमान, सिविटार कमान, घुम्ती कमान सम्म सम्पन्न भयो। उक्त जन सम्पर्क अभियानमा श्रमजीवी पहलको मुद्दाहरू जन मानिसले राम्ररी आत्मसात गरी रहेका छन्। मालिकवर्ग, पुँजीवादी व्यवस्था र सरकारहरूको थिचोमिचोविरुद्ध खटीखाने जनताको न्यायिक सङ्घर्षको पक्षमा उभिँदै यसपालिको चुनावमा खरसाङ विधानसभा क्षेत्रबाट श्रमजीवी पहलको हिसाबले सुमेन्द्र तामाङको उम्मेद्वारिताको घोषणा आयो। चुनावको होहल्लामा खटीखाने मानिसहरूका न्यायिक मागहरू नदबियोस् र सामाजिक न्यायको सङ्घर्ष अझै बलियो बनाउने उद्देश्य लिएर यो उम्मेद्वारिताको घोषणा आज खरसाङ प्रेस क्लबबाट गरियो। विभिन्न चिया बगानका श्रमिक, खरसाङ विधानसभा क्षेत्रका युवाहरू अनि कैयौँ सामाजिक अभियन्ताको उपस्थितिमा आज यो आशाप्रद घोषणा आएको छ।  पत्रकारहरूलाई सम्बोधन गर्दै लङभ्यु चिया बगानका श्रमिक तनुजा लामा अनि रिङटङ बगानका सुधा तामाङले आ-आफ्ना वक्तव्य राख्दै भने-- विगतमा धेरै चुनाव भयो र धेर...

खरसाङ विधानसभा समष्टिका निर्दल प्रार्थी सुमेन्द्र तामङ पनि चुनाव प्रचार गर्दै

Image
मालिकवर्ग, पुँजीवादी व्यवस्था र सरकारहरूको थिचोमिचोविरुद्ध खटीखाने जनताको न्यायिक सङ्घर्षको पक्षमा उभिँदै यसपालिको चुनावमा खरसाङ विधानसभा क्षेत्रबाट श्रमजीवी पहलको हिसाबले सुमेन्द्र तामाङको उम्मेद्वारिताको घोषणा आयो। चुनावको होहल्लामा खटीखाने मानिसहरूका न्यायिक मागहरू नदबियोस् र सामाजिक न्यायको सङ्घर्ष अझै बलियो बनाउने उद्देश्य लिएर यो उम्मेद्वारिताको घोषणा आज खरसाङ प्रेस क्लबबाट गरियो। विभिन्न चिया बगानका श्रमिक, खरसाङ विधानसभा क्षेत्रका युवाहरू अनि कैयौँ सामाजिक अभियन्ताको उपस्थितिमा आज यो आशाप्रद घोषणा आएको छ।  पत्रकारहरूलाई सम्बोधन गर्दै लङभ्यु चिया बगानका श्रमिक तनुजा लामा अनि रिङटङ बगानका सुधा तामाङले आ-आफ्ना वक्तव्य राख्दै भने-- विगतमा धेरै चुनाव भयो र धेरैले जिते, तर मजदुरहरूको समस्याका समाधानको कोसिस खासै देखिएन। मालिकहरूको इशारामा सरकारहरूले चलाई रहेको यस व्यवस्थाभित्र केही पाउनुका लागि सङ्घर्ष बाहेक अन्य बाटो छैन। त्यसैले सङ्घर्षकै निरन्तरतामा श्रमिकहरूकै अगुवाईमा श्रमिक कार्यकर्ता खरसाङनिवासी सुमेन्द्र तामाङलाई उम्मेद्वारको हिसाबले श्रमिकहरूले अघि सारेका छन्।  श्रम...

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

Image
पेशोक: १ अप्रेल २०२६ पश्चिम बंगाल विद्गान सभा चुनावको नजदिकमा आज २४/खरसाङ विधान सभा समष्टिका आईजीजेएफ प्रार्थी बन्दना राईले तक्लिङ-पेशोक समष्टिको भ्रमण गरे।     आईजीजेएफ सिड्ब्लुसी सदष्य एवं तक्लिङ-पेशोक समष्टि अध्यक्ष किरण राई, साथमा समष्टि महासचिव श्याम गुरुङ, प्रवक्ता निर्मल तामङ लगायत अन्यहरुको साथमा प्रार्थी राईले समष्टि भ्रमण गरिन् । भ्रमण अवधि प्रार्थी राईले सबैले परिवर्तन चाहेर नै प्रार्थी बन्दना राईलाई स्वागत गर्न आएको बताइन् ।