जीटीए-३९ नम्बर समष्टिमा समर्थनसंग संगै आईजीजेएफ नारी एकाईको गठन।

प्रेस विज्ञप्ति
27 मार्च 2026
इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन गर्नेहरूको घुइँचो र संगठन विस्तार तीव्र रूपमा चल्दै आएको छ। यसैक्रममा आज कालेबुङ जिल्लाको 39 नम्बर समष्टिमा समर्थनसंग संगै संगठन विस्तारको कार्य सम्पन्न भएको छ।कालेबुङ जिल्ला अन्तर्गत 39 नम्बर समष्टिमा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नारी एकाई गठन भएको छ,जसमा सर्वसमति अनुरूप दिल कुमारी तामाङलाई अध्यक्ष चयन गरिएको छ।त्यसरी नै    उपाध्यक्ष ओङमित लेप्चा,उपाध्यक्ष शान्ती दर्जी,सचिव सुजाता थापा,सह सचिव फूलमाया दर्जी,कोषाध्यक्ष रितिका विश्वकर्म,सह कोषाध्यक्ष अमृता तामाङ,प्रवक्ता तथा प्रचार प्रसार सचिव विना ज्याकिन्टा र सुजाता थापा,प्रमुख सल्लाकारहरूमा अरूणा तामाङ र भावना थापा आदिलाई चयन गरिएको छ।आजको सभामा आईजीजेएफ जिल्ला संयोजक सफिरा राई,पार्टी केन्द्रीय कार्यकारिणी सदस्य टाँसी भुटिया,समष्टि अध्यक्ष वाङदेन भुटिया,उपाध्यक्ष बुद्ध राई,युवा अध्यक्ष अजय तामाङ लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट
केन्द्रीय कर्यालय।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न