श्री गणेश महापुराण: आगामी १७ मार्च वर पिपल विबाह पनि हुने
सनातन हिन्दु संस्कार संस्कृति संरक्षण समितिको आयोजनामा भईरहेको श्री गणेश महापुराण कथाको आगामी १७ मार्चको दिन समापन भईरहेको छ् । उक्त दिन, पेशोक काली मन्दिर परिसरमा रहेको वर पिपलको पनि विधिवत् रूपमा विवाह सम्पन्न गरिने कथा वाचक आचार्य पं० शेषराज रिजालले जानकारी दिए।
स्थानीय गणेश गुरुङको दृड संकल्प अनुसार आयोजन हुने वर पिपल विबाह पेशोकवासीको निम्ति अर्को अध्याय भन्दा फरक नपर्ला। आज भन्दा पहिले पेशोकमा वर पिपलको शुभ विबाह सम्पन्न गरिएको भए तापनि आगामी २७ मार्चको दिन निक्कै लामो अन्तराल पछि पेशोकवासी बिशेष गरेर युवा जमातहरुले उक्त वर पिपल विवाह साक्षात देख्न सक्ने भएका छन् ।
वर पिपलको विवाह कार्यक्रम भन्दा युवा जमातहरुमा निक्कै कौतुहलता संगै उत्सुकता पनि देखियो जसले गर्दा मुख्य कथावाचक आचार्य पं० शेषराज रिजालले सम्पुर्ण भक्तजन साथै सबैलाई उक्त विवाह कार्यक्रममा सहभागी बनी दिने अपिल पनि गरे।
Comments
Post a Comment