मंग्पू चौरस्तामा छ वटा घर जलेर खरानी: जीटीए प्रमुख अनि आर आर खण्ड विकास अधिकारीले लिए घट्नाको जायजा

पेशोक न्यूज:२३ मार्च ।
मंग्पूको चौरस्तामा हिजो राती भएको आगलागीमा कम्तीमा छ वटा घर जलेर खरानी भए भने कुनै पनि परिवारले आफुले लगाएको लुगा बाहेक केही सर समान जोगानु नपाएको जानकारी प्राप्त भएको छ् । 
      घट्नाको स्थिति बुझ्न आज जीटीए मुख्य कार्यपाल अनित थापा आज मंग्पू आगलागी स्थल चौरस्ता पुगेका थिए भने उक्त स्थलमा रंगली रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पाहाडी पनि आई पुगेका थिए। 
      खण्ड विकास अधिकारी पहाडीले पिडीत परिवारलाई पुनर्वासको व्यवस्थामा सहयोग दिने तर उक्त सरकारको सहयोग राशी थोरै कम रहेको जानकारी दिए । उक्त थोरै रकममा थपेर घर पुनर्निर्माण गरिदिने प्रतिश्रुती जीटीए प्रमुख थापाले दिएको बताइएको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण