दामामासेसं-को बिशेष पहलमा: दुबईमा अलपत्र परेका तीन युवा स्वदेश फिर्ता ल्याउन सफल
दुबईमा विभिन्न समस्यामा फसेका तीन युवाहरूलाई दार्जिलिङ माटोको माया सेवा संस्थाको बिशेष पहलमा सफलता पूर्वक स्वदेश फिर्ता गराइएको संस्था द्वारा जारी एक विज्ञप्तीमा जनाइएको छ् ।
संस्थाले आवश्यक समन्वय, पहल र सहयोग मार्फत तीन युवाहरूको उद्धार गरी स्वदेश फर्काउन सफल भएको जनाएको छ। आज उनीहरू स्वदेश आइपुग्दा एयरपोर्टमा संस्थाका प्रतिनिधिहरू उपस्थित भई स्वागत गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् भने स्वदेश फर्किए पछि तीनै युवकहरूले आफ्नो उद्धार तथा स्वदेश फिर्तीका लागि महत्वपूर्ण भूमिका निर्वाहन गरेकोमा दार्जीलिङ माटोको माया सेवा संस्थाका अध्यक्ष दिवस दियाली तथा संस्थाका सम्पूर्ण पदाधिकारी, सदष्य र सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
दार्जिलिङ माटोको माया सेवा संस्थाले नेपाली भाषी समुदाय तथा अन्य समुदायका समस्यामा परेका व्यक्तिहरूलाई सहयोग, उद्धार कार्य साथै मानव सेवाका कार्यहरू निरन्तर गर्दै आएको छ बताइएको छ। संस्थाको यस मानवीय कार्यलाई समाजका विभिन्न क्षेत्रबाट सराहना पनि गरिएको छ।
-
जनकल्याण एवं जनहित, जनसेवामा समर्पित दार्जीलिङ माटोको माया सेवा संस्थाको उत्तरोत्तरको कामना Pashok News गर्द्छ ।
Comments
Post a Comment