लङभ्यू चियाबगान श्रमिकहरुको भोक हड्तालको ५३ घण्टापछि : अनशनकारीहरूको स्वास्थ्यमा समस्या
लङभ्यू चिया बगानका श्रमिकहरूले जारी राखेको भोक हडतालले आज ५३ घण्टा पूरा गरेको छ। अनशनकारी विन्दिया थापा र सुमित देवान को स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।
वर्ष २०१३ देखि बाँकी रहेको पीएफ, ग्र्याचुटी तथा अन्य बक्यौता रकम भुक्तानीको माग गर्दै श्रमिकहरूले २१ अप्रिल २०२६ देखि क्रमिक अनशन सुरु गरेका थिए। तर क्रमिक अनशनको ५० औँ दिनसम्म पनि मालिक पक्ष वा सरकारबाट कुनै ठोस पहल नभएपछि श्रमिकहरूले १३ जुन २०२६ देखि ७२ घण्टे भोक हडताल सुरु गरेका हुन्।
हाल हिल प्लान्टेसन इम्प्लोइज युनियन का प्रतिनिधिहरू सुमेन्द्र तामाङ, सुमित देवान, कविता पाखरिन, विन्दिया थापा र छुनु बल भोक हडतालमा सहभागी छन्।
आज बिहानदेखि विन्दिया थापा र सुमित देवान को स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उनीहरूको अवस्था चिन्ताजनक बन्दै गएको डा. आर. डी. बर्मन ले जानकारी दिएका छन्।
Comments
Post a Comment