ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

✍️पेशोक न्यूज डेस्क: २८ जुन २०२६

रंगली रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राईले हिजो भिडियो बयान जारी गर्दै आफुले पञ्चायत समितिको सहकारी सभापतिकोम्पद बाट राजिनामा दिएको घोषणा गरे। उनले उक्त राजिनामा सोमबार २९ जुन देखि प्रभावी हुने पनि उक्त राजिनामा पत्रमा उल्लेख गरेका छन् । 
       पुर्व सहकारी सभापति राईले सम्पुर्ण सभासदहरुले पनि आफ्नो सभासद पद बाट राजिनामा दिएर जाति उन्मुक्ति अनि वर्तमान मुद्दालाई टेवा पुर्‍याई रहेको जानकारी गराउदै एसडिओ दार्जीलिङ-लाई सम्बोधन गरेर लेखिएको उक्त राजिनामा पत्रमा आफुले पनि आफ्नो सहकारी सभापतिको पद बाट राजिनामा दिएको उल्लेख गरेका छन् । राईले पेशोक न्यूजलाई भोलि २९ जुन एसडिओ दार्जीलिङलाई आफ्नो राजिनामा पत्र बुझाउन जाने प्रष्ट जानकारी दिए। 

स्मरण रहोस् , हाल रंगली रंगलीयट खण्ड पञ्चायत समिति भाजपाको कब्जामा रहेको छ् भने नयाँ बोर्ड्मा सभाधिपति अमृता तामङलाई चयन गरिसकिएको छ् । अब सहकारी सभापतिको चयनको निम्ति बाटो खुल्ला भएको छ् । भोलि खण्ड कार्यलयमा यसै बिषय लिएर एक बिशेष सभाको आयोजन हुने सुत्रले जनाएको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण