ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न
राज्य आपदा कोष (एसडीआरएफ) मार्फत निर्माणकार्यको कार्यादेश गत 20 फरवरी 2026 मा जारी भए तापनि अझ सम्म ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्कको अवस्था ज्यूँ-को त्यूँ हुनुमा पक्का पनि निर्माणकार्यमा घोटाला भएको छ् । अझ सम्म सड्क किन बनिएन ??? उक्त प्रश्न भारतीय जनता पार्टी तक्दाह-ग्लेनबर्ण मण्डलका उपाध्यक्ष प्रदीप सोताङले व्यक्त गरेका हुन् । तक्दाह-ग्लेनबर्ण समष्टि वा मण्डल अधिनस्थ ग्लेनबर्न फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणको कार्यादेश यसै बर्षको 20 फरवरीमा जारी भएको छ् तर अझ सम्म सड्क नबनिनु के हो??? भन्दै उपमण्ड्ल सोताङले प्रश्न तेर्साउदै निर्माणकार्यमा व्यापक घोटाला भएको आशंका व्यक्त गरे। यदि घोटाला नभएको भए सड्क बनिने थियो। केही कारण वश निर्माणकार्यमा अड्चन या केही थियो भने जनसाधारणलाई जनाउनु पर्ने थियो भन्दै यस् निर्माणकार्य माथि जीटीए प्रशासनले झट्ट हस्तक्षेप गरेर जाँच गरिया जाओस् भनी मण्ड्ल उपाध्यक्ष प्रदीप सोताङले दर्पणलाई जनाएका छन् ।
राईले करिब दुई तीन किलो मिटर दुरीको उक्त सड्क निर्माणकार्यमा व्यपक घोटालामा ठुला नेता देखि साना नेता सम्म लिप्त रहेको आरोप लगाउदै झट्ट समबन्धित निकाय बाट उच्च स्तरीय छानबिन भएको हुन् पर्ने सोताङको मांग रहेको बताए। सोताङले यस् निर्माणकार्यका निर्माण एजेन्सी बज्र इन्टरप्राईजेसले अघि आएर सड्कको निर्माण लिएर कुराकानी गर्न अपिल पनि गरे।
ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा जाने सड्कको अवस्था अहिले अति नै नाजुक रहेको स्थानीयहरुको गुनासो रहेको छ् भने शिकारीधुरावासी अनि अन्य स्थानहरु बाट शिकारीधुरा जान पने कतिको समस्या ,असुविधा झेल्नु पर्छ त्यो बताइरहन नपर्ने क्षेत्रवासी संगै भाजपा तक्दाह-ग्लेनबर्ण मण्डलका उपाध्यक्ष (उपमण्ड्ल) प्रदीप सोताङले पनि दु:ख व्यक्त गरे। आज सम्म सड्क नबनिनुले क्षेत्रवासीले कतिको असुविधा भोग्नु परेकोछ त्यो सबैको आँखा अघि रहेको भन्दै उपमण्ड्ल सोताङले यस् सड्कको स्थलगत निरिक्षण गरिदिने अपिल गरेका छन् ।
Comments
Post a Comment