टिटिएसमा राजनैतिक झट्काको साथ सभासद पाख्रीनले त्यागे भागोप्रमो। पाख्रीन संगै धेरैले त्यागे पार्टी



दिनाङ्क:  21 जून 2026
टिटिएस बाट दिलकस विद्याभूषण तामङको रिपोर्ट :-
तकदाह टिस्टाभेल्ली समष्टिका सभासद डेण्डुप पाखरीनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समिति सदस्यबाट आजदेखि आफ्नो पद त्याग गरेको घोषणा गरे। सभासद डेण्डुप पाखरीनले आफ्नो समर्थकहरू बीच पार्टी त्याग गरेता पनि जीटीए सभाको आफ्नो सभासद पद सरकारको निर्धारित मितिसम्म यथावत रहनेछ भनी निर्णय सार्वजनिक गरे।

सभासद डेण्डुप पाखरीनले पार्टी परित्याग गर्नुको साथ तकदाह-टिस्टाभेल्ली समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा ठूलो पैह्रो गयो। सभासद पाखरीनको निर्णयलाई स्वागत गर्दै समष्टि युवा शक्तिका अध्यक्ष मेण्डुप तामाङले पनि आजदेखि टीटीएसमा भागोप्रमो युवा शक्ति भंग भएको घोषणा गर्दै आफूले भागोप्रमो परित्याग गरेको घोषणा गरे।

त्यसको साथै भागोप्रमो रंगली ग्राम पञ्चायतका प्रधान एस बी सुब्बा लगायत चार पञ्चायत सदस्य अनि  सभामा उपस्थित सम्पूर्ण सभासद डेण्डुप पाखरीनको समर्थकहरू सामुहिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परित्याग गरेका छन्।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण