नयाँ राज्य निर्माण समिति टोलीले गर्‍यो एड्वर्ड्स संग भेट

प्रेस विज्ञप्ति
27 जुन 2026
अलग राज्य गोर्खाल्यान्डको मांगलाई फत्ते गर्न नयाँ पार्टी निर्माण समितिको एकबद्ध हुने आह्वानलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले स्वागत जनाएका छन्।छुट्टै राज्य गोर्खाल्यान्डको मांगलाई फत्ते गर्नलाई नयाँ पार्टी निर्माण समिति अहिले पहाड तराई डुवर्स सबै क्षेत्रका राजनैतिक दलहरूको नेतृत्वहरूलाई भेट गर्ने कार्यहरू गर्दै आइरहेको छ।यसैक्रमा नयाँ पार्टी निर्माण समितिको प्रतिनिधि टोलीले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डससंग भेटेर अलग राज्य गोर्खाल्यान्डको निम्ति एकबद्ध हुने आह्वान गर्दै ज्ञापन पत्र सुम्पिए।हामी भारतीय गोर्खाहरूले विगत धेरै लामो समयदेखि हरेक चुनावहरूमा भारतीय जनता पार्टीलाई भारी मतले जिताउदै आएको सबैलाई थाहा भएकै विषय हो।अहिले राज्यमा राजनैतिक परिवर्तन भएर भारतीय जनता पार्टीको पूर्ण बहुमतको सरकार गठन भएको हुनाले भारतीय गोर्खाहरूको दीर्धकालिन मांग अलग राज्य गोर्खाल्यान्ड गठनको मार्ग खोलिएको छ।यस निर्णायक घडीमा पहाड तराई डुवर्स सबै क्षेत्रका राजनैतिक दलहरू,संघ-संस्थाहरूको एउटै आवाज हुन नितान्त आवश्यक रहेको बताउदै एकबद्ध हुने आह्वान गरेका छन्।नयाँ राज्य निर्माण समितिको प्रस्तावलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले स्वागत जनाउँदै अलग राज्य गोर्खाल्यान्ड हाम्रो प्राण रहेको बताएका छन।
अजय एडवर्डस्स
संयोजक
इण्डियन गोर्खा जनशक्ति फ्रण्ट
केन्द्रीय कार्यालय
दार्जीलिङ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

पेशोक गर्लाङमा एउटा घर जलेर खरानी: लगाएको लुगा बाहेक केही निकाल्न पाएनन्