पद छोड्दै राजिनामा दिने क्रम जारी !कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङले पनि दिइन् सभापति पदबाट राजीनामा
पद छोड्दै राजिनामा दिने क्रम जारी !
कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङले पनि दिइन् सभापति पदबाट राजीनामा
परिवर्तित राजनीतिक परिस्थितिमा पहाडको भविष्य तथा भारतीय गोर्खाहरूको दीर्घकालीन आकांक्षा, अधिकार र पहिचानको मुद्दालाई नयाँ दिशा दिन कालिम्पोङ–१ पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिइरहेको छु।
सभापतिको रूपमा सेवा गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण जनसमुदाय, मेरा समर्थकहरू, शुभेच्छुकहरू, मेराे अग्रज आदरणीय नेतृत्वगण तथा पञ्चायत समितिका २९ जना सम्माननीय सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो जिम्मेवारीले मलाई धेरै कुरा सिकायो र जनताको सेवा गर्ने अमूल्य अवसर प्रदान गर्यो। आफ्नो कार्यकालमा मैले समुदाय र क्षेत्रको विकासका लागि इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने प्रयास गरेकी छु।
अब पञ्चायत समितिको नेतृत्व जसले सम्हाल्नुहुन्छ, उहाँलाई म समितिको एक जिम्मेवार सदस्यको रूपमा पूर्ण सहयोग र रचनात्मक समर्थन प्रदान गर्नेछु। पदभन्दा माथि जनताको हित, क्षेत्रको विकास र हाम्रो सामूहिक लक्ष्यहरू हुन्छन् भन्ने मेरो दृढ विश्वास छ।
पदबाट अलग भए पनि भारतीय गोर्खाहरूको अधिकार, सम्मान, पहिचान र समृद्धिको पक्षमा मेरो प्रतिबद्धता यथावत् रहनेछ। जनताको सेवा गर्ने मेरो यात्रा निरन्तर जारी रहनेछ।
सबैप्रति हार्दिक धन्यवाद।
जय गोर्खा।
— ममता गुरुङ
Comments
Post a Comment