अध्यक्ष गुरुङको उपस्थितिमा नागरी धजे १६ नम्बर समष्टिमा गोर्खा जनमुक्ति मोर्चाको सांगाठानीक सभा सम्पन्न!

न्यूज अप्डेट: 
२० जुन २०२६ नागरी 

बिधान सभा चुनाव २०२६ मा राज्य सत्ता परिवर्तन साथै जसरी दार्जीलिङ पहाड तराई अनि डुवर्सबाट पाँच जना गोर्खे अनुहारहरू बिधायक बन्न सके उसरी नै दार्जीलिङ पहाडमा राजनैतिक हलचल धेरै बढेर गएको सबैले अनुभव गरिरहेको छ । यसै बीच गोर्खा जनमुक्ति मोर्चाले पनि आफ्नो संगठनलाई जमिनी स्तरबाट नै मजबुती बनाउने क्रम जारी राख्दै आज फेरि नागरी धजे १६ नम्बर समष्टिमा आफ्नो सांगाठानीक सभा केन्द्रिय अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको प्रमुख उपस्थितिमा सम्पन्न गरे ।

नागरी धजे समष्टिका मोर्चा समर्थकहरू माझ आफ्नो वक्तव्यमा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युले जनताहरूलाई गोजमुमो मा स्वागत जनाउँदै आफ्नो पूर्व भनाइलाई पुन एकपटक दोहोर्याउदै जनता भनेको मानेको पातको थोपा हो राजनैतिक हुरि संगै कहिले यता त कहिले उता भइरहन्छ तर जनतालाई भडखाल्डो तिर हालेर आफ्नो ब्यक्तिगत फाइदाको निम्ति जातिलाई गद्दार गर्ने नेतृत्वहरूलाई भने गोर्खा जनमुक्ति मोर्चाको ढोका हमेसा बन्द रहने कुरालाई इस्पष्ट पारे ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण