आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण
Get link
Facebook
X
Pinterest
Email
Other Apps
पेशोक: १ अप्रेल २०२६
पश्चिम बंगाल विद्गान सभा चुनावको नजदिकमा आज २४/खरसाङ विधान सभा समष्टिका आईजीजेएफ प्रार्थी बन्दना राईले तक्लिङ-पेशोक समष्टिको भ्रमण गरे।
आईजीजेएफ सिड्ब्लुसी सदष्य एवं तक्लिङ-पेशोक समष्टि अध्यक्ष किरण राई, साथमा समष्टि महासचिव श्याम गुरुङ, प्रवक्ता निर्मल तामङ लगायत अन्यहरुको साथमा प्रार्थी राईले समष्टि भ्रमण गरिन् । भ्रमण अवधि प्रार्थी राईले सबैले परिवर्तन चाहेर नै प्रार्थी बन्दना राईलाई स्वागत गर्न आएको बताइन् ।
पेशोक न्यूज रिपोर्ट:२९ जुन। राज्य आपदा कोष (एसडीआरएफ) मार्फत निर्माणकार्यको कार्यादेश गत 20 फरवरी 2026 मा जारी भए तापनि अझ सम्म ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्कको अवस्था ज्यूँ-को त्यूँ हुनुमा पक्का पनि निर्माणकार्यमा घोटाला भएको छ् । अझ सम्म सड्क किन बनिएन ??? उक्त प्रश्न भारतीय जनता पार्टी तक्दाह-ग्लेनबर्ण मण्डलका उपाध्यक्ष प्रदीप सोताङले व्यक्त गरेका हुन् । तक्दाह-ग्लेनबर्ण समष्टि वा मण्डल अधिनस्थ ग्लेनबर्न फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणको कार्यादेश यसै बर्षको 20 फरवरीमा जारी भएको छ् तर अझ सम्म सड्क नबनिनु के हो??? भन्दै उपमण्ड्ल सोताङले प्रश्न तेर्साउदै निर्माणकार्यमा व्यापक घोटाला भएको आशंका व्यक्त गरे। यदि घोटाला नभएको भए सड्क बनिने थियो। केही कारण वश निर्माणकार्यमा अड्चन या केही थियो भने जनसाधारणलाई जनाउनु पर्ने थियो भन्दै यस् निर्माणकार्य माथि जीटीए प्रशासनले झट्ट हस्तक्षेप गरेर जाँच गरिया जाओस् भनी मण्ड्ल उपाध्यक्ष प्रदीप सोताङले दर्पणलाई जनाएका छन् । राईले करिब दुई तीन किलो मिटर दुरीको उक्त सड्क निर्माणकार्यमा व्यपक घोटालामा ...
✍️पेशोक न्यूज डेस्क: २८ जुन २०२६ रंगली रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राईले हिजो भिडियो बयान जारी गर्दै आफुले पञ्चायत समितिको सहकारी सभापतिकोम्पद बाट राजिनामा दिएको घोषणा गरे। उनले उक्त राजिनामा सोमबार २९ जुन देखि प्रभावी हुने पनि उक्त राजिनामा पत्रमा उल्लेख गरेका छन् । पुर्व सहकारी सभापति राईले सम्पुर्ण सभासदहरुले पनि आफ्नो सभासद पद बाट राजिनामा दिएर जाति उन्मुक्ति अनि वर्तमान मुद्दालाई टेवा पुर्याई रहेको जानकारी गराउदै एसडिओ दार्जीलिङ-लाई सम्बोधन गरेर लेखिएको उक्त राजिनामा पत्रमा आफुले पनि आफ्नो सहकारी सभापतिको पद बाट राजिनामा दिएको उल्लेख गरेका छन् । राईले पेशोक न्यूजलाई भोलि २९ जुन एसडिओ दार्जीलिङलाई आफ्नो राजिनामा पत्र बुझाउन जाने प्रष्ट जानकारी दिए। स्मरण रहोस् , हाल रंगली रंगलीयट खण्ड पञ्चायत समिति भाजपाको कब्जामा रहेको छ् भने नयाँ बोर्ड्मा सभाधिपति अमृता तामङलाई चयन गरिसकिएको छ् । अब सहकारी सभापतिको चयनको निम्ति बाटो खुल्ला भएको छ् । भोलि खण्ड कार्यलयमा यसै बिषय लिएर एक बिशेष सभाको आयोजन हुने सुत्रले जनाएको छ् ...
Comments
Post a Comment