लंङभ्यू चियाबगानका श्रमिकहरुको अनसन स्थलमा पुगे आईजीजेएफ प्रमुख एड्वर्ड्स
लङभ्यु चिया बगानमा गत पाँच दिन देखि आयोजित श्रमिकहरुको अनसन/धरना कार्यक्रममा आईजीजेएफ केन्द्रीय संयोजक अजय एड्वर्ड्स सहभागी भए साथै त्यहाँका श्रमिकहरूले न्यायका लागि गरिरहेको संघर्षमा ऐक्यबद्धता जनाउन पाउँदा गर्व र सन्तोषको अनुभूति भएको बताए। दिनभरि उपवासमा बसेपछि मात्र आन्दोलन टुंग्याउनु परेका श्रमिकहरूको अवस्था अत्यन्तै संवेदनशील र चिन्ताजनक रहेको स्पष्ट देखिन्छ।
अनसनकारीहरुको साथमा आफू रहेको भन्दै अजय एड्वर्ड्सले भने, धेरै महिनादेखि श्रमिकहरूले आफ्नो पारिश्रमिक तथा भविष्य निधि (PF) प्राप्त गर्न सकेका छैनन्।भविष्य निधि रकम जम्मा नगर्नु कानुनतःगम्भीर अपराध हो,जसमा पक्राउ समेत हुन सक्छ। तर,गाडीधुरा प्रहरी चौकीमा एफआईआर दर्ता भएको लामो समय बितिसक्दा पनि सम्बन्धित पक्षमाथि कुनै ठोस कारबाही नहुनु न्याय प्रणालीप्रति गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ।
यस्ता अन्याय र शोषणका विरुद्ध आवाज उठाउनकै लागि हामी राजनीतिमा प्रवेश गरेका हौं। यस कठिन घडीमा म सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूसँग दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछु र उनीहरूको न्यायका लागि हरे सम्भव सहयोग गर्ने विश्वास दिलाउँछु ।
Comments
Post a Comment