मलेसिया बाट आयो दु:खद खबर: टिस्टा बजार निवासी रुकेश राईको हृदयघातको कारण निधन
मलेसिया बाट आयो दु:खद खबर: टिस्टा बजार निवासी रुकेश राईको हृदयघातको कारण निधन
* दार्जीलिङ माटोको माया सेवा संस्थाद्वारा मलेसिया बाट स्वर्गीय रुकेश राईको पार्थिव शरीर उद्धार गरिएको जानकारी पेशोक न्यूजलाई प्राप्त भएको छ् ।
प्राप्त जानकारी अनुसार, टिस्टा बजार निवासी सूर्य राईका सुपुत्र स्वर्गीय रुकेश राईको गत मिति १३/०४/२०२६ मा मलेसियामा हृदयघातको कारण दुःखद निधन भएको थियो। परिवार पक्षको अनुरोध अनुसार दार्जीलिङ माटोको माया सेवा संस्थाको पहल तथा अध्यक्ष दिवस दियालीको अथक प्रयासमा दिवंगत रुकेस राईको पार्थिव शरीर स्वदेश ल्याउने कार्य सफल भएको छ भनी जनाइएको छ् ।
दार्जीलिङ माटोको माया सेवा संस्थाले पेशोक न्यूजलाई जनाए अनुसार स्वर्गीय रुकेश राईको पार्थिव शरीर हिजो मिति १७ तारिख राति करिब १० बजे कलकत्ता एयरपोर्टमा रिसिभ गरिएको, त्यसपछि एम्बुलेन्स मार्फत शवलाई कलकत्ता देखि टिस्टा बजार स्थित निवास तर्फ ल्याइने कार्य जारी रहेको छ। पार्थिव शरीर आज मिति १८ तारिख दिउँसो घर पुर्याइने जानकारी प्राप्त भएको बताउदै पार्थिव शरीर रिसिभ गर्नका लागि संस्थाका महासचिव प्रवीण शाहशंकर, परिवार पक्षबाट भाई राकेश राई तथा सुरज तामाङ एम्बुलेन्स सहित कलकत्ता एयरपोर्ट पुगेको छ् ।
स्मरण रहोस् ,
दार्जीलिङ माटोको माया सेवा संस्था विगत लामो समयदेखि समाजसेवामा समर्पित रहँदै विभिन्न मानवीय कार्यहरू गर्दै आएको एक प्रतिष्ठित संस्था हो। विशेषगरी विदेशमा निधन भएका व्यक्तिहरूको पार्थिव शरीर स्वदेश ल्याउने, विपन्न तथा पीडित परिवारलाई आर्थिक तथा मानवीय सहयोग प्रदान गर्ने, तथा आपतकालीन अवस्थामा उद्धार र राहत कार्य सञ्चालन गर्ने जस्ता कार्यमा संस्था सधैं अग्रसर रहँदै आएको छ। “कर्म नै हाम्रो धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्थाले दुःखमा परेका प्रत्येक परिवारको सहारा बन्ने प्रयास गर्दै आएको छ।
दिवंगत रुकेस राईको आत्माको चिरशान्तिको कामना गर्दै Objectives परिवारजनप्रति संस्थाले हार्दिक समवेदना व्यक्त गरेका छन् ।
Comments
Post a Comment