कलकत्ता मिटिङम भएको पिएफ सम्झौता मालिकले उल्लंघन गरे पछि श्रमिकहरु उत्रिए अनसनमा

लङव्यु कमानका श्रमिकहरु अनशनमा : 

लङव्यु कमानका श्रमिकहरु अनशनमा छन् भने मालिक अनि मालिक पुच्छरे राजनैतिक पार्टीका श्रमिक संगठन अनि ठूल्ठूला पुँजी भएका नेताहरु बाजार अनि कमान तिर गएर नाची रहेका छन्।

लङव्यु कमानका श्रमिकहरुको यो स्थितिले पहाड भित्रको दुई वटा पहाडलाई छुट्याई दिएको छ। एउटा पहाड जसमा खटि खाने श्रमजीवी मानिसहरू आफ्नु अधिकारको निम्ति लडी रहेका छन् अनि अर्को पहाड जसमा पुँजीका खेताला अनि राजनैतीक सत्ताको खेलमा रमाउने जमात रहेका छन्।

आज दिनांक 21 तारीख अप्रेल 2026 को दिन 11 जना श्रमिकहरु अनशनमा बसेका छन् भने संघर्ष निरन्तर नै रहेको छ भनेर श्रमिकहरुले जनाएका छन्। 

जय श्रमिक।
Hill Plantations Employees Union

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण