टिस्टाभेल्लीको डिपिसाईट क्षेत्रमा विभिन्न दल त्यागेर आईजीजेएफ-मा सामेल

मिति: ४ अप्रेल ।
टिस्टा भेल्ली चियाबारी अन्तर्गत डी.पी. साइडको ठुलो फूलबारी क्षेत्रमा हिजो तीन अप्रेलको दिन एउटा विशेष कार्यक्रमको आयोजना गरियो। बरदेव बम्जनको नेतृत्वमा १५  परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई त्यागेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टको दलीय झण्डा ग्रहण गरेको आईजीजेएफको मिडिया सेलले जनाएको छ् ।
     प्राप्त जानकारी अनुसार, परिवर्तनको यो लहर यतिमा मात्र सीमित रहेन। खहरे गाउँको विश्वकर्म एकता समाजका ४५ घर परिवारले पनि एकैसाथ भागोप्रमो र भाजपा परित्याग गर्ने घोषणा गरे। उनीहरू सबैलाई आइजीजेएझ (IGJF) का अध्यक्ष बेनोर राईले भव्य स्वागत गर्दै दलीय झण्डा प्रदान गरे।
यी नेताहरूको उपस्थितिमा भयो स्वागत
समर्थन र मिलनको यो विशेष कार्यक्रममा पार्टीका महासचिव:मिलन कटुवाल
सचिव: सहदेव मुखिया, उपाध्यक्ष कुन्दन मङ्गर, श्रमिक संघ: केन्द्रीय सदस्य बुद्ध कुमार मंगर, युवा जनशक्ति फ्रन्ट अध्यक्ष: बादल राई , महासचिव राजेश दर्नाल र सह सचिव मर्कुस लोहागण, नारी शक्ति: अध्यक्ष योगिता राई आदि उपस्थित थिए। 
नव-प्रवेशीहरूले क्षेत्रको विकास र गोर्खाहरूको हक-हितका लागि इण्डियन गोर्खा जनशक्ति फ्रन्ट नै सही विकल्प रहेको बताउँदै पार्टीमा पूर्ण आस्था प्रकट गरेका छन्। यस सामूहिक दल-बदलले आगामी दिनमा टिस्टा भेल्लीको राजनीतिमा नयाँ मोड ल्याउने निश्चित देखिन्छ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न