विभिन्न गिर्जाघरहरुमा राम्रो शुक्रवार श्रद्धा एवं भक्तिको साथ पालन

पेशोक न्यूज: ३ अप्रेल।
इसाई सामुदायहरुको निम्ति महत्वपूर्ण मानिएको गुँड्फ्राईडे अर्थात राम्रो शुक्रवार तक्लिङ-पेशोक क्षेत्र लगायत पहाड्का विभिन्न गिर्जाघरहरुमा पालन गरियो।

     आज कै दिन 33 AD मा गुँड्फ्राईडे पालन गरिएको थियो भनी पेशोक चियाबारीका हिमालय क्रुसेड पेन्टिक्स्ट्ल चर्चका सचिव फिलिप तामगले जानकारी गराएका छन् भने आज चर्चमा बिशेष गरेर युवा समूह द्वारा वर्शिप सर्भिस गरिनुका साथै भक्ती अनि श्रद्धाको साथ प्रभु येशुको आजको बिशेषता बारे जनाइएको थियो। 

      पेशोक चियाबारी लगायत संलग्न क्षेत्रका गिर्जा घरहरु अनि दार्जीलिङ, खरसाङ , कालेबुङ अनि तराई, डुअर्स, समतल क्षेत्र सिलगढी आदिका सम्पुर्ण गिर्जाघरहरुमा गुँड्फ्राईडे पालन गरिएको थाहा लागेको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण