भाजपा प्रार्थी सोनाम लामा तक्लिङ-पेशोक समष्टि क्षेत्रमा भोट्को अपिल गर्दै
भाजपा प्रार्थी सोनाम लामाको घर दैलो अभियानमा तक्लिङ-पेशोक समष्टि क्षेत्रमा
२४/खरसाङ विधान सभा आसान बाट चुनाव मैदानमा उत्रिएका भाजपा प्रार्थी सोनाम लामाको घर दैलो अभियान अहिले तीब्रगतिमा छ् भने हिजो मात्र तक्लिङ-पेशोक समष्टि क्षेत्रमा प्रार्थी लामाको घर दैलो अभियान गरियो। प्रार्थी लामाको साथमा भारतीय जनता पार्टीका तक्लिङ-पेशोक मण्ड्ल अध्यक्ष शैलेन्द्र देवान, वरिष्ठ कार्यकर्ता कल्याण ब्लोन लगायत अन्य कार्यकर्ताहरु उक्त धर दैलो अभियानमा उत्रिएका थिए।
आफू पनि चिया कमा क्षेत्र बाट रहेको कारण चिया बगानवासीको विविध प्रकारको समस्याहरु देखि अनभिज्ञ नरहेको प्रार्थी सोनाम लामाले दर्पणलाई जनाए। तिनले भाजपाले ल्याएको श्रम कानून बारे जनाउदै भने, भाजपाले जुन प्रकारले श्रमिकहरुको निम्ति कार्य गरेको छ् त्यो आज सम्म कसैले गरेको छैन। चियाश्रमिकहरुको निम्ति भाजपा सरकारले ल्याएको श्रम कानूनमा सामजिक सुरक्षा पनि रहेको उनले उल्लेख गरे । प्रार्थी लामा पेशोक चियाबारी (माथिल्लो विभगमा) श्रमिकहरुले पत्ती तौलाईमा रहेको अनि बगान नखोलियोस भने भनेको कुरोलाई गम्भीरता संग लिएर श्रमिकहरु खुशी संगले आफै काम गर्न रुचाएको बताए ।
प्रार्थी सोनाम लामालाई दस माईल लप्चु बजारमा भव्य स्वागत जनाइयो भने त्यहाँ बाट रोड परिसरमा रहेका हरेक व्यक्तिहरु संग भेट गर्दै भोटको अपिल गर्दै लप्चु बजार, एघार माईल, बाट प्रार्थी लामा घोडामा सवार भएर पेशोक गुम्बाडाँडा पुगे। गुम्बाडाँडामा पनि मानिसहरुलाई खदा लगाएर भोट्को अपिल गरे भने त्यहाँ बाट लप्चु चियाबारी पुगे , लप्चुको गुम्बा, मन्दीर, चिया कारखाना पुगेर श्रमिकहरुलाई भेट गर्दै खदा लगाउदै भोट्को अपिल गरे। मिडिया संग बोल्दै तक्लिङ-पेशोक मण्डल अध्यक्ष शैलेन्द्र देवानले यसपाली २४/खरसाङ विधान सभा समष्टि बाट युवा प्रार्थी सोनाम लामाले प्रतिस्पर्धा गरिरहेको अवगत गराउदै चियाबगानको आधारभूत समस्याहरु संग अवगत रहेका लामालाई आफ्नो बहुमुल्य मत दिएर विजय तुल्याउने अपिल गर्दै समष्टि क्षेत्रहरुमा भ्रमण गराउदै घर दैलो अभियानमा उतारिएको मण्ड्ल अध्यक्ष देवानले दिए।
प्रार्थी लामाले तलिङ-पेशोक समष्टि क्षेत्रको घर दैलो अभियानको क्रममा पेशोक टाँसी छ्योलिङ गुम्बा, पेशोकको काली मन्दिर आदिको दर्शन गर्दै मानेडाँडाको उग्येन दिछ्येन छ्योइलिङ गुम्बा हुँदै लोअर सोरेङमा पुगे। लोअर सोरेङमा आयोजना गरिएको सानो भेट्घाट् कार्यक्रममा उपस्थित भए। उक्त भेट्घाट कार्यक्रममा प्रार्थी सोनाम लामाले आफू चुनाव मैदानमा उत्रिएको कारण सबैलाई विदित गराउदै घर दैलो अभियान अवधि आफुले देखेका समस्याहरु बारे अवगत गराए भने लोअर सोरेङ क्षेत्र अझ पनि विकास देखि ओझेलमा रहेको अनि यहाँको पुर्वाधार निर्माणका लागि आफुले अठोट लिएको उनले बताए भने यस् भेट्घाट्लाई स्थानीय तारा योञ्जनले सम्बोधन गर्दै अहिले सम्म आम मानिसहरुले केन्द्र सरकार द्वारा प्रदान गरिएको सहुलियत नि:शुल्क रासन बारे जानकारी दिए। योञ्जनले पनि यसपालीको चुनावमा भाजपालाई भोट् दिने अपिल गरे।
Comments
Post a Comment