मेरीबोङ टार धुरामा समर्थन सभा


       चुङथुङ मरीबोङ तामसाङ समष्टिमा  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा  अध्यक्ष अनित थापाको कार्य अनि समष्टि सभापति सन्दिप क्षेत्रीको सोचलाई मन पराएर मेरीबोङ टार धुरामा  59 घरले भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चामा समर्थन गरेका छन्।

आजको सभामा समष्टि सभासद् सन्दिप क्षेत्रीको बाहुलीबाट ग्रामबासीले दलीय झण्डा ग्रहण गरे। समिति सदस्य अश्विन लखान्द्र,  समष्टि सदस्य अजय राई, समष्टि सचिव ललित तामाङ, समष्टि सहसचिव सुन्दर राई, बुथ सभापति जगत तामाङ आदिले सभालाई सम्बोधन गरे भने रोमन विश्व, दिवार राई, पेम्बा शेर्पा, राजन राई, सरोज शेर्पा  आदिको प्रमुख उपस्थिति रहेको थियो।

सभामा वक्ताहरूले उक्त बुथबाट भारी मात्रामा विजय राई सरलाई टर्चलाइट चिनोमा भोट गरेर विजय तुल्याउने आग्रह गरे।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण