आरआर खण्ड अन्तर्गतका चार समष्टिहरूमा करिब ८३ प्रतिशत मतदान

न्यूज डेस्क: २४ अप्रेल ।
पश्चिम बंगाल विधानसभा चुनाव २०२६ अन्तर्गत पहिलो चरणको मतदान हिजो, अप्रेल २३ मा सम्पन्न भएको छ। राज्यका १६ जिल्लाका १५२ वटा विधानसभा सीटका लागि मतदान भएको हो। दार्जीलिङ पहाडी क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
यसै क्रममा, २४-खरसाङ विधानसभा समष्टि अन्तर्गत पर्ने रंगली-रंगलीयट (आरआर) खण्डका चारवटा समष्टिहरूमा पनि शान्तिपूर्ण मतदान भएको खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले जानकारी दिएका छन्।
खण्डभरि रहेका ७७ वटा मतदान केन्द्रमा कुल ५६ हजार ४९२ मतदातामध्ये ४७ हजार ५७ जनाले मतदान गरेका छन्, जुन करिब ८३ प्रतिशत हो।
समष्टि अनुसार हेर्दा—
तक्लिङ–पेशोकमा ११,६८६ मध्ये ९,४७८ जनाले,
तक्दाह–ग्लेनबर्नमा ११,४१० मध्ये ९,२९६ जनाले,
तक्दाह–टिस्टाभ्यालीमा १९,२३१ मध्ये १५,९१६ जनाले,
र लाब्दा–मंग्पूमा १४,१६५ मध्ये ११,९६७ जनाले मतदान गरेका छन्।
यससँगै, विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको भाग्य इभीएम मेसिनमा सुरक्षित भएको छ। शान्तिपुर्ण मतदान अनि मतदान अवधि सशरीर खटेर सहयोग पुर्‍याउने सहयोग संघ लगायत सुरक्षा कर्मी, आशा कर्मी, विएलओ, दलीय कार्यकर्ताहरु सबै प्रति आभार व्यक्त गरेका छन् ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न