Posts

पेशोक गर्लाङमा एउटा घर जलेर खरानी: लगाएको लुगा बाहेक केही निकाल्न पाएनन्

Image
हिजो बिहान करिब एक साँडे एक बजे पेशोक गर्लाङमा एउटा घर आगलागीमा जलेर खरानी भएको खबर Pashok News लाई प्राप्त भएको छ् ।        प्राप्त जानकारी अनुसार आगलागी मोमबत्ती बाट भएको हुन् सक्ने आशंका लरेन्स थापाको छ् । उक्त घर अजय थापाको रहेको जानकारीमा छ् भने घट्नको समय अजय थापाका छोराहरु लरेन्स थापा अनि अनुराग थापा मात्र थिए। अजय थापा आफ्नो कार्यमा डालीमा थिए भने छिमेकी मार्फत प्राप्त खबर अनुसार आफू आई पुगेको बताए।        हिजो बिहान करिब एक साँडे एक बजे आफू ब्युँझीदा आगो बलेको देखेर अत्तालिएर निस्कन खोजे तर ढोका खोलिएन अनि बल्ल झ्याल खोलेर आफू बाहिर निस्किएको लरेन्सको भनाई छ। अनुराग अनुसार आफुले लगाएको लुगा मात्र छन् ,सबै कागजातहरु जलेर खरानी भएको बताए। अजय थापाले करिब १५-२० लाखको नोक्सान भएको दावी गरे। गावँले स्थानीयहरुको सहयोगले छेउको घर जल्न देखि जोगिएको स्थानीयहरुले बताए।  लामाहट्टा ग्राम पञ्चायतका कार्यकारी सहायक विधान चन्द्र राई, ग्राम प्रधान मञ्जु वाईबा, पञ्चायत कर्मी जगनदास राई, स्थानीय ग्राम पञ्चायत सदष्या सुनैना गुरुङ तामङ आदिल...

पेशोकमा हिजो साँझ गाडी दुर्घटनाग्रस्त: भाग्यले बाँचे यात्रीहरु

Image
पेशोक:२९ मई । पेशोक आठ नंवर नजिक गोलाईमा झाड्खण्ड (JH -120 0943) नंवर भएको स्कर्पियो गाडी दुर्घटना ग्रस्त भएको छ् भने उक्त स्कर्पियोमा सवार चार जना यात्रीहरु भाग्यले बाँचेको बताइएकोछ।  चार जना युवा यात्री सवार रहेको उक्त झाड्खण्ड नंवरधारी स्कर्पियो दार्जीलिङ बाट गान्तोक तर्फ गईरहेको तर पेशोक आई पुग्दा गाडीको नियन्त्रण हराउदा उक्त दुर्घटना भएको आशंका स्थानीयको छ् । स्थानीयहरुले सामान्य चोट लागेका दुई यात्रीहरुलाई टिस्टा प्राथमिक स्वास्थ्य केन्द्र प्राथमिक उपचारको निम्ति पठाईएको बताइएको छ् ।

सिलगढी बुद्धिस्ट एसोसिएसनद्वारा १४ जुनमा भव्य छेतार पूजा आयोजना

Image
सिलगढी, २८ मई — सिलगढी बुद्धिस्ट एसोसिएसनको आयोजनामा आगामी १४ जुनका दिन विशेष “छेतार पूजा” सम्पन्न गरिने भएको छ। बौद्ध धर्ममा करुणा, अहिंसा तथा जीवप्रति दयाभावको प्रतीक मानिने यस धार्मिक अनुष्ठानको तयारी अहिले तीव्र रूपमा भइरहेको जनाइएको छ। एसोसिएसनका अध्यक्ष डीबी योञ्जनले जानकारी दिएअनुसार, गुरूङ बस्तीमा अवस्थित डोह नाङ छोइ खोरलीङ्ग गुम्बामा पूजा तथा धार्मिक कार्यक्रमहरू दैनिक रूपमा सञ्चालन भइरहेका छन्। गुम्बामा भक्तजनहरूको उपस्थिति बढ्दै गएको र छेतार पूजालाई भव्य रूपमा सम्पन्न गर्न विशेष तयारी भइरहेको उनले बताए। कार्यक्रमअन्तर्गत १४ जुनका दिन भारत–बंगलादेश सीमावर्ती क्षेत्र गजलडोबामा हजारौँ जीवित माछाहरू दान तथा मुक्त गरिनेछ। बौद्ध परम्पराअनुसार “छेतार” अर्थात् जीवनदान कार्यक्रमलाई पुण्य, करुणा र जीवमात्रप्रतिको सम्मानको अभ्यासका रूपमा लिइन्छ। अध्यक्ष योञ्जनले गुम्बामा दैनिक भइरहेको पूजा–पाठ तथा धार्मिक कार्यक्रममा सर्वसाधारणलाई उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन्। उनले समाजमा शान्ति, सद्भाव र करुणाको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। सिलगढी तथा...

मित्र समुहको आयोजनामा टिस्टामा रक्तदान शिविर

Image
टिस्टा-पेशोक: 17 मई। कालेबुङ जिल्ला अस्पतालमा रगतको कमी रहेको कारण टिस्टा बजारका गैरसरकारी संस्था मित्र समुहको बिशेष पहलमा आज रक्त दान शिविर सम्पन्न गरियो। रक्तदान शिविर गरिनुको औचित्य कालेबुङ जिल्ला अस्पतालमा हाल रगतको कमी रहेको मित्र समुहलाई जानकारी गराए बापत रक्तदान जीवन दानको कथनलाई शिरोपर गर्दै गैरसरकारी संस्था मित्र समुहले शिविर आयोजन गरिएको समुहका राजु छेत्रीले बताए। कालेबुङ जिला अस्पतालका ब्लड सेन्टरका मेडिकल अफिसर इञ्चार्ज डा० स्वरुप कुमार खानले रक्तदान बारे जानकारी गराउदै वयष्क व्यक्तिले 60 बर्ष आयु सम्म आफ्नो रगत दान गर्न सकिने बताए। तिनले भने, मानिसहरुमा एक प्रकारको त्रास वा भय भएको पाउँछौ जो स्वभाविक हो तर रक्तदानको ज्ञानको अभावको कारण बताए। पुरुष महिला दुवैले रक्तदान गर्न सक्ने बताउदै रक्तदान गर्दा मानिसहरुको रगतमा वृद्धि हुने ,नयाँ रक्त बनिने ,मानिसमा शक्तीको संचार हुने छ भने । कलेस्ट्रोल, रक्तचाप भएकाले पनि रक्तदान गरे राहत मिल्ने डाक्टर खानको भनाई छ् । एकजनाले रक्तदान गरे,अन्यले पनि दान गर्न अघि आउन सक्छ।      रक्तदान पश्चात् स्थानीय टिस्टाबजा...

पेशोकको रक्की भिल्लामा हिजो राति धिरेन्द्र राईको घर आगलागीमा जलेर नष्ट ।

Image
रक्की भिल्ला, पेशोकमा भीषण आगलागी, घर जलेर खरानी पेशोक, १८ मई : पेशोकको रक्की भिल्ला क्षेत्रमा हिजो राति भीषण आगलागीको घटना घटेको छ। आगलागीमा धिरेन्द्र राईको घर पूर्ण रूपमा जलेर खरानी भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार घरको तल्लो तलाको छेउमा राखिएको दुईवटा वाहन बाहेक अन्य सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ। घटनाबारे सम्बन्धित निकायलाई सूचित गरिएको जनाइएको छ। घटनापछि आर आर खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, क्षेत्रीय सभासद मनि प्रसाद राई, आर आर प्रहरी तथा लामाहट्टा ग्राम पञ्चायत प्रधानलगायतले घटनास्थल पुगेर जायजा लिएका थिए।

डब्लुबिभिएचएको आयोजनामा तीनचुलेमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
वेस्ट बेंगाल भोलुन्टियर हेल्थ एसोसिएसन (डब्लुबिभिएचए) आर आर खण्डको आयोजनामा आज तीनचुलेमा सात वटा ग्राम पञ्चायतका भीईसी सदस्यहरूलाई लिएर एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा डब्लुबिभिएचएका परियोजना सहायक सन्दीप बक्सी तथा फिल्ड संयोजक मिठु देहालीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तक्लिङ–एक, तक्लिङ–दुई, लामाहट्टा, मानेडाँडा, तक्दाह, पुबोङ रामपुरिया तथा रंगली ग्राम पञ्चायतका भीईसी सदस्यहरूको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई फिल्ड सहसंयोजक सृजन छेत्रीले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन मिकल प्रधानले गरेका थिए । साथै कार्यक्रममा जेकेएसएस–आर आर खण्डका सभापति साकोम लेप्चा, उपसभापति डीबी छेत्री तथा सचिव सीके पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।

विभिन्न विद्यालयको उच्च माध्यमिक परीक्षाफल सन्तोषजनक: टिस्टाभेल्ली उमाविका अनमोल दर्नाल 80.2% सहित विद्यालय टपर

Image
पेशोक, १५ मई । सन् २०२६ को उच्च माध्यमिक (कक्षा १२) बोर्ड परीक्षाको नतिजा हिजो प्रकाशित भएको छ । यस वर्ष क्षेत्रका विभिन्न उच्चतर विद्यालयहरूको परीक्षाफल सन्तोषजनक रहेको जनाइएको छ । प्राप्त जानकारीअनुसार, टिस्टाभेल्ली उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विद्यालयका सहशिक्षक सागर राईले दिएको जानकारी अनुसार १० जना विद्यार्थी प्रथम श्रेणी, १५ जना द्वितीय श्रेणी तथा २ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । विद्यालयका अनमोल दर्नालले ८०.२ प्रतिशत अंक प्राप्त गर्दै विद्यालय टपर बन्न सफल भएका छन् । त्यसैगरी, सिंग्रीतामस्थित पण्डित जवाहरलाल नेहरू मेमोरियल विद्यालयको परीक्षाफल पनि सन्तोषजनक रहेको विद्यालयले जनाएको छ । कूल १३ जना परीक्षार्थीमध्ये ४ जना प्रथम श्रेणी, ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् भने ४ जना अनुत्तीर्ण भएका छन् । विद्यालयका सुजय मुखिया ३९२ अंक (७८.४%) तथा सलोनी गुरुङ ३९१ अंक (७८.२%) प्राप्त गर्दै संयुक्त रूपमा विद्यालय टपर बनेका छन् । यता, टिस्टा ब्रीज उच्चतर विद्यालयमा सहभागी ३० जना विद्यार्थीमध्ये १५ जना प्रथम श्रेणीमा उत्तीर्ण भए...