पेशोकको रक्की भिल्लामा हिजो राति धिरेन्द्र राईको घर आगलागीमा जलेर नष्ट ।

रक्की भिल्ला, पेशोकमा भीषण आगलागी, घर जलेर खरानी
पेशोक, १८ मई :
पेशोकको रक्की भिल्ला क्षेत्रमा हिजो राति भीषण आगलागीको घटना घटेको छ। आगलागीमा धिरेन्द्र राईको घर पूर्ण रूपमा जलेर खरानी भएको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार घरको तल्लो तलाको छेउमा राखिएको दुईवटा वाहन बाहेक अन्य सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ। घटनाबारे सम्बन्धित निकायलाई सूचित गरिएको जनाइएको छ।
घटनापछि आर आर खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्री, क्षेत्रीय सभासद मनि प्रसाद राई, आर आर प्रहरी तथा लामाहट्टा ग्राम पञ्चायत प्रधानलगायतले घटनास्थल पुगेर जायजा लिएका थिए।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण