मित्र समुहको आयोजनामा टिस्टामा रक्तदान शिविर


टिस्टा-पेशोक: 17 मई।
कालेबुङ जिल्ला अस्पतालमा रगतको कमी रहेको कारण टिस्टा बजारका गैरसरकारी संस्था मित्र समुहको बिशेष पहलमा आज रक्त दान शिविर सम्पन्न गरियो। रक्तदान शिविर गरिनुको औचित्य कालेबुङ जिल्ला अस्पतालमा हाल रगतको कमी रहेको मित्र समुहलाई जानकारी गराए बापत रक्तदान जीवन दानको कथनलाई शिरोपर गर्दै गैरसरकारी संस्था मित्र समुहले शिविर आयोजन गरिएको समुहका राजु छेत्रीले बताए। कालेबुङ जिला अस्पतालका ब्लड सेन्टरका मेडिकल अफिसर इञ्चार्ज डा० स्वरुप कुमार खानले रक्तदान बारे जानकारी गराउदै वयष्क व्यक्तिले 60 बर्ष आयु सम्म आफ्नो रगत दान गर्न सकिने बताए। तिनले भने, मानिसहरुमा एक प्रकारको त्रास वा भय भएको पाउँछौ जो स्वभाविक हो तर रक्तदानको ज्ञानको अभावको कारण बताए। पुरुष महिला दुवैले रक्तदान गर्न सक्ने बताउदै रक्तदान गर्दा मानिसहरुको रगतमा वृद्धि हुने ,नयाँ रक्त बनिने ,मानिसमा शक्तीको संचार हुने छ भने । कलेस्ट्रोल, रक्तचाप भएकाले पनि रक्तदान गरे राहत मिल्ने डाक्टर खानको भनाई छ् । एकजनाले रक्तदान गरे,अन्यले पनि दान गर्न अघि आउन सक्छ। 

    रक्तदान पश्चात् स्थानीय टिस्टाबजार निवासी दावा छिरिङ लेप्चाले रक्तदानलाई पुण्यको काम बताउदै आफुले आज सम्म दुई पल्ट रक्तदान गरेको बताए भने आफुलाई धेरै खुशी लागेको बताए । 
       टिस्टाको पुरानो पूल परिसरमा अवस्थित त्रिवेणी भवनमा मित्र समूह द्वारा आयोजना गरिएको उक्त छैटौं रक्तदान शिविरमा क्षेत्रका धेरै दाताहरुले नि:स्वार्थ भावले रक्तदान गरे। कालेबुङ डिस्ट्रीक्ट भोलेन्टेरी ब्लड डोनर फोरम अनि कालेबुङ ब्लड सेन्टरको तक्निकी सहयोगमा सम्पन्न उक्त शिविरमा कालेबुङ जिल्ला अस्पतालका ब्लड सेन्टरका मेडिकल अफिसर इञ्चार्ज डा० स्वरुप कुमार खानको पनि बिशेष उपस्थिति रहेको थियो। शिविरको अवसरमा कालेबुङ डिस्ट्रीक्ट भोलेन्टेरी ब्लड डोनर फोरमका सचिवले रक्तदान जीवनको निम्ति अति जरुरी बताए । फोरमले अहिले सम्म 121 पल्ट रक्तदान शिविरहरु गरिसकेको जानकारी गराए भने अहिले सम्म फिरम संग पचास भन्दा धेरै संघ,संस्थाहरु पनि रहेको जनाए। तिनले फिरम संग आवद्ध ती नेगेटिभ डोनरहरु जसले आपतकालिन समयमा जहाँ भए पनि आएर रक्तदान गरेर जीवनदान गरेको जानकारी गराउदै उनीहरु प्रति आभार व्यक्त गरे । मित्र समुहका राजु छेत्री, रमेश प्रधान, नन्द कुमार छेत्री, किशोर प्रधान एवं अन्यहरुको उपस्थिति थियो भने समुहले सबै प्रति आभार व्यक्त गरे। उक्त अवसरमा ग्राम पञ्चायत सदष्य मनोज मंगर लगायत अन्य संघ-संस्थाका प्रतिनिधि, सदष्यहरुको बिशेष उपस्थिति रहेको थियो।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न