विभिन्न विद्यालयको उच्च माध्यमिक परीक्षाफल सन्तोषजनक: टिस्टाभेल्ली उमाविका अनमोल दर्नाल 80.2% सहित विद्यालय टपर


पेशोक, १५ मई ।
सन् २०२६ को उच्च माध्यमिक (कक्षा १२) बोर्ड परीक्षाको नतिजा हिजो प्रकाशित भएको छ । यस वर्ष क्षेत्रका विभिन्न उच्चतर विद्यालयहरूको परीक्षाफल सन्तोषजनक रहेको जनाइएको छ ।
प्राप्त जानकारीअनुसार, टिस्टाभेल्ली उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विद्यालयका सहशिक्षक सागर राईले दिएको जानकारी अनुसार १० जना विद्यार्थी प्रथम श्रेणी, १५ जना द्वितीय श्रेणी तथा २ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । विद्यालयका अनमोल दर्नालले ८०.२ प्रतिशत अंक प्राप्त गर्दै विद्यालय टपर बन्न सफल भएका छन् ।
त्यसैगरी, सिंग्रीतामस्थित पण्डित जवाहरलाल नेहरू मेमोरियल विद्यालयको परीक्षाफल पनि सन्तोषजनक रहेको विद्यालयले जनाएको छ । कूल १३ जना परीक्षार्थीमध्ये ४ जना प्रथम श्रेणी, ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् भने ४ जना अनुत्तीर्ण भएका छन् । विद्यालयका सुजय मुखिया ३९२ अंक (७८.४%) तथा सलोनी गुरुङ ३९१ अंक (७८.२%) प्राप्त गर्दै संयुक्त रूपमा विद्यालय टपर बनेका छन् ।
यता, टिस्टा ब्रीज उच्चतर विद्यालयमा सहभागी ३० जना विद्यार्थीमध्ये १५ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार ती प्रथम हुने विद्यार्थीहरु क्रमैले सुहाना ओझा ३८२(७६.४%), ईशिका नौबाग ३८२(७६.४%), नेहा मुखिया ३७० (७४%), नवाङ तामङ ३६७ (७३.४%), कृपाशा तामङ ३६६(७३.२%), कुसुम तामङ ३६५ (७३%), बर्खा सुन्दास ३६० (७२%), प्रितम प्रधान ३५०(७०%), सिमरन राई ३४१ (६८%), रिया छेत्री ३७७ ६७.५%), सबाज आलम ३२० (६४%), कृष्टिना लेप्चा ३०९ (६१.८%) अनि सुरज दियाली ३०० (६०%) हुन् । 
      पेशोक न्यूजलाई प्राप्त जानकारी अनुसार ती उत्कृष्ट परिणाम संगै उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयको पक्ष बाट अघिल्लो शैक्षिक यात्राको अग्रिम बधाई एवं शुभकामना व्यक्त गरिएको बताइएको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण