डब्लुबिभिएचएको आयोजनामा तीनचुलेमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
वेस्ट बेंगाल भोलुन्टियर हेल्थ एसोसिएसन (डब्लुबिभिएचए) आर आर खण्डको आयोजनामा आज तीनचुलेमा सात वटा ग्राम पञ्चायतका भीईसी सदस्यहरूलाई लिएर एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा डब्लुबिभिएचएका परियोजना सहायक सन्दीप बक्सी तथा फिल्ड संयोजक मिठु देहालीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा तक्लिङ–एक, तक्लिङ–दुई, लामाहट्टा, मानेडाँडा, तक्दाह, पुबोङ रामपुरिया तथा रंगली ग्राम पञ्चायतका भीईसी सदस्यहरूको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रमलाई फिल्ड सहसंयोजक सृजन छेत्रीले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन मिकल प्रधानले गरेका थिए । साथै कार्यक्रममा जेकेएसएस–आर आर खण्डका सभापति साकोम लेप्चा, उपसभापति डीबी छेत्री तथा सचिव सीके पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।
Comments
Post a Comment