गोजमुमोको सिलगढी-तराईमा संगठन विस्तार, भक्तिनगर ब्लक कमिटी गठन

सिलगढी, १२ सेप्टेम्बर २०२६।
दार्जीलिङ पहाड, खर्साङ, कालेबुङ र डुवर्सपछि गोर्खा जनमुक्ति मोर्चाले सिलगढी–तराईमा पनि संगठन विस्तारलाई तीव्रता दिएको छ।
यसैक्रममा सिलगढी–तराई महकुमा समिति अन्तर्गत भक्तिनगर ब्लक कमिटी गठन गरिएको छ। श्रीमती सन्ध्या गुरुङको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा केन्द्रीय सदस्यहरू बिमल प्रधान, अर्जुन छेत्री, बाबु तामाङ र पृथ्वी साइबोको विशेष उपस्थिति रहेको थियो।
नवगठित भक्तिनगर ब्लक कमिटीको अध्यक्षमा प्रदीप तामाङ चयन भएका छन्। उपाध्यक्षमा अशोक राई, अर्जुन छेत्री र नरेश साइबो तथा सचिवमा बबलु थापा चयन भएका छन्।
कमिटीमा सह–सचिव, कोषाध्यक्षसहित ११ जना सल्लाहकार र ८ जना कार्यकारी सदस्यसमेत रहने गरी पूर्णता दिइएको छ।
गोजमुमोले सिलगढी–तराईमा संगठनलाई थप सुदृढ गर्दै जमीनी स्तरसम्म पार्टीको गतिविधि विस्तार गर्ने जनाएको छ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण