आईजीजेएफको ६० सदस्यीय केन्द्रीय समिति गठन: अध्यक्षमा अजय लुकास एडवर्ड्स
न्यूज डेस्क: २९ अगस्त ।
इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) ले दार्जीलिङ स्थित गोर्खा रंगमञ्च (भानु भवन) मा हिजो २८ अगस्तको दिन पार्टीको प्रथम अधिवेशनमा आफ्नो ६० सदस्यीय केन्द्रीय समितिको औपचारिक रूपमा गठन गरेको छ।
नवगठित केन्द्रीय समितिको अध्यक्ष पदमा अजय लुकास एडवर्ड्स चयनित भएका छन् भने अवकाश प्राप्त आईपिएस अधिकारी नोर्बु छिरिङलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टीको उपाध्यक्षमा क्रमैले लाजरस तामाङ र रोबर्ट छेत्री छन् भने महासचिवको पदमा एन. बी. खवास तथा नारी जनशक्ति फ्रन्टको अध्यक्ष पदमा अधिवक्ता बन्दना राई चयनित भएका छन्।
त्यसैगरी, सचिवमा बर्नन बिट्टो लेप्चा, रूबेन दास प्रधान र जीवन राई छन् भने संगठन सचिवको पदमा भरत तामाङलाई चयन गरिएको छ् साथै कोषाध्यक्षमा सन्नी बम्जन तथा सह–कोषाध्यक्षमा बिमल झावर चयनित भएका छन्।
आईजीजेएफको केन्द्रीय प्रवक्ताको जिम्मेवारी श्याम गौतम, पुकार (जेम्स) गहताराज र आकाश प्रधानलाई दिइएको छ भने प्रेस तथा मिडिया प्रमुखमा दिपु थापा चयनित भएका छन्।
प्रेस तथा मिडिया प्रमुख दिपु थापाका अनुसार, विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई समेटेर ६० सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो।
प्रथम अधिवेशन मार्फत गठित नयाँ केन्द्रीय समितिले आगामी दिनमा पार्टीको संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
Comments
Post a Comment