सबैको मन जित्ने गिटारिस्ट देखि र्यापर बनेका सुबु घिसिङ्को "म नराम्रो मान्छे!" मा घोत्लिन्दा
मलाई प्रशंसा गर या घृणा गर! म दुवै मध्येमा भागीदारी छुईन -सुबु ब्रो
ग्रामीण क्षेत्रको जनजीवन देखि जीवनलाई मजाले हेर्न रुचाउने आउने युवाहरुको मनो ईच्छा हो भन्दा फरक नपर्ला । युवा भने पछि दैनिक जीवन चक्रलाई नजिक बाट निहाल्ने, मान्छेको जीवन धान्ने तरिका अनि वर्तमान परिवेश लाई नजिक बाट बुझ्न कोशिष गर्न आतुर युवाहरु केही गर्न चाहन्छ्न् त कोही सहयोगको अनापेक्षाकृत भौतारिनु स्वभाविक होला ।
यस्तै युवा जमातको केन्द्र बिन्दु बनेको, समय अनुरुप आम मानिसहरुलाई सन्देश दिन चाहने युवा गिटारिस्ट देखि र्यापर बनेका सुबु ब्रो अथवा सुबु घिसिङले एक समय तहल्का मचाएका थिए । सुबुको "पाँच सौ रुपे र खसीको मासु ,,,," भन्ने गीतले राजनीतिक परिवेशलाई गर्माएको थियो एक समय । क्षेत्रको त्वरित विकासको ढोल पिटेर चुनावमा मत माग्दै विविध वाँचा गरेर नरिवल फुटाए तापनि विकास शून्य रहेको अवस्थालाई शब्दमा उतारेर आफै संगीत, लय अनि स्वर दिएर सार्वजनिक गरेर चर्चित बनेका सुबु अहिले र्यापर बनेका छन् ।
र्यापर बनेर सुबुले जे जस्ता गीतहरु गाएर सार्वजनिक गरे ,बुझ्नेलाई श्रीखण्ड नै हुन् भन्ने ठान्छन् मानिसहरु । उक्त र्याप गीतमा उनले कतिपय अनावश्यक शब्द प्रयोग, अश्लिल शब्द प्रयोग गरे तापनि उनी अनुसार त्यो सही हुन् तथापि आम मानिसहरुको लागि नभएको मतहरु देखिए।
विगतमा गिटारिस्ट बनेर यू-ट्यूब च्यानल मार्फत गिटार बजाउने नोटेसनहरु धारावाहिक रुपमा प्रस्तुति दिएका सुबु घिसिङले थुप्रै चर्चा पाए भने उनले जब पाँच सौ रुपे र खसीको मासु ,,, भन्ने गीत गाएर चर्चित भए ,,, त्यो गीत यति साह्रो भायरल बन्यो कि धेरै स्थानहरुमा कार्यक्रमहरुमा प्रस्तुतिको निम्ति निम्तो पाए, गएर प्रस्तुती पनि दिएर अझ धेरै संगीतप्रेमी युवा जमातहरुको वाहवाही बटुल्न सफल भए तर हाल उनी "म नराम्रो मान्छे ,,, " नामको गीत रिलिज गरेर फेरि चर्चामा छन् ।
आफ्नै संगीत संयोजन, निर्माण, ध्वनी, शब्द, भिडियो संपादनमा तयार पारेको उक्त "म नराम्रो मान्छे" एल्बममा नर्बु लेप्चा, विकास ब्लोन, प्रतीक भुजेल अनि अभि राईले अभिनय गरेका छन् । यस् भन्दा अघि पनि सुबुले म्यूजिक भिडियो एल्बमहरु तामङ सेलो नृत्य आदि रिलिज गरिसकेका छन् ।
सुबु घिसिङले आफु लागू पदार्थ देखि धेरै टाडा रहेको बताउदै लागू पदार्थ सेवन गर्नेको जीवनलाई नजिक बाट हेर्न कोशिष गरेको बताए । सबैले नराम्रो मान्छे भन्ने गरेको तर किन कसरी नराम्रो ???? भन्ने प्रश्नको उत्तर सुबु ब्रो वा सुबु घिसिङ संग नै रहेको छ् भन्ने मलाई लागेको छ् । सुबुको अनुरोधलाई स्वीकारेर यो लेख लेख्ने धृष्टता गरे । लेख पढेर राम्रो प्रतिक्रियाको आपेक्षा गरेको छु।
Comments
Post a Comment