टिबिएचएस-ले पालन गर्यो कौस्तुभ जयन्तीको अवसरमा आदि कवि भानुभक्त आचार्यको २१२ वाँ जन्म जयन्ती
टिबिएचएस-ले पालन गर्यो कौस्तुभ जयन्तीको अवसरमा आदि कवि भानुभक्त आचार्यको २१२ वाँ जन्म जयन्ती
न्यूज_डेस्क:१६ जुलाई ।
टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयले हिजो एक भव्य कार्यक्रम बीच २१२ औं भानु जयन्ती पालन गर्यो भने विविध नेपाली भाषा साहित्य माथि विविध विद्याहरुमा अन्तर-विद्यालय प्रतियोगिता पनि सम्पन्न गर्यो।
विद्यालयले आफ्नो स्थापनाको ७५ बर्ष पुराको सुखद अवसरमा कौस्तुभ जयन्तीको बिशेष अवसरमा नै २१२ वाँ भानु जयन्तीको कार्यक्रम आयोजना गरिएको हो। हिजो सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयहरु, माध्यमिक शिक्षा केन्द्रहरु आदिका विद्यार्थीहरुलाई लिएर नेपाली भाषा साहित्य माथि कथा, कविता, वाकपटुता, चित्रकला अनि निबन्ध लेखन मा प्रतियोगिता पनि सम्पन्न गरिएको थियो जसमा निम्न विद्यालयका विद्यार्थीहरुले जीत हासिल गरे।
- कविता
क्रम संख्या प्रतियोगी विद्यालय
१.सेविका गुरूङ - दशौँ श्रेणी - टिस्टा ब्रिज उमा.
२.स्वयम मुसलमान - मानेडाँडा एमएसके, तकदाह चियाबारी ।
३.अनुकल्प भुजेल - दशौँ श्रेणी - अप्पर बडामंगवा एमएसके।
४.ग्रिफिथ उच्चतर मावि -रूमितपन्दी लेप्चा -६
५.पंडित जवाहरलाल उच्च मावि - ग्लेनवर्ण -न्याशा बराइली
६.देवराज छेत्री/शिवानी पादरी -आठौँ श्रेणी दशौँ श्रेणी- लामाहट्टा उच्चतर माध्यमिक विद्यालय
- कथा
१.टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालय
२.नवाङ तामंग - अप्पर बडामंगवा एमएसके-दशौँ श्रेणी
३.सगुन ठाकुर - दशौँ श्रेणी -मानेडाँडा एमएसके
४.ग्रिफिथ उमावि
५.पंडित जवाहरलाल नेहरू
६.ईर्मु डुक्पा - एघारौँ श्रेणी -लामाहट्टा उमावि
-निबन्ध
१.योहन्ना नौबाङ -दशौँ श्रेणी -टिस्टा ब्रिज उमावि
२.डिचेन भूटिया -दशौँ श्रेणी -बडा मंगवा एमएसके
३.लामाहट्टा उमावि- रिदिमा गुरूङ - आठौँ श्रेणी
४.पंडित जवाहरलाल नेहरू-सुसन छेत्री
५.ग्रिफिथ उमावि-एबिनेजर थापा -१२
-वाक्पटुता
१.बेञ्जामिन छेत्री - बाह्रौँ श्रेणी
२.पेमा ग्याल्पो तामंग/फिबिया लेप्चा - दशौँ श्रेणी
३.नेहा प्रधान - दशौँ श्रेणी - मानेडाँडा एमएसके।
४.लामाहट्टा उमावि- प्रिञ्नजली राई - बाह्रौ श्रेणी ।
५.जवाहरलाल नेहरू उमावि-असुतोष कुमार।मुखियाँ
६.ग्रिफिथ उमावि
-चित्रकला
१.टिस्टा ब्रिज उच्च माध्यमिक विद्यालय
२.सफल देवान - दशौँ श्रेणी - अप्पर बढामंगवा MSK
३.प्रसित छेत्री -दशौँ श्रेणी - मानेडाँडा MSK
४.साइना प्रधान -बाह्रौँ श्रेणी - लामाहट्टा उमावि
५.जवाहरलाल नेहरू-रेहान्त दियाली
६.ग्रिफिथ उमावि-लाक्पा दोर्जी ।
टिस्टा ब्रिज उच्चतर माद्यमिक विद्यालयका प्रधान अध्यापक राजेन छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पुर्व प्रधान अध्यापक टीटी लेप्चा मुख्य अतिथि थिए भने साहित्यकार द्वय हरिश मोक्तान अल्लरे, ज्ञान सुतार, कवि अरुण साम्पाङ, गजलगो सुवास श्रेष्ठ, सन्तोष अधिकारी, टीका प्रधान विशिष्ट अतिथिको आसनमा मञ्चासिन थिए साथै विद्यालयका अवकाशप्राप्त शिक्षक सिके ब्लोन, शिक्षिका रश्मि शर्मा लगायत भुतपुर्व विद्यार्थी संगठनका पदाधिकारीवर्ग आदिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यालय परिवार एवं कार्यक्रम आयोजक द्वारा सम्मान पनि जनाइएको थियो भने प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र, पारितोषिक आदि प्रदान गरिएको थियो।
Comments
Post a Comment