विभिन्न बौद्ध गुम्बाहरुमा २५७० औं बुद्ध जयन्ती पालन

पेशोक: १ मई ।
अहिंसाका प्रवर्तक भगवान गौतम बुद्धको २५७० औं जन्म जयन्ती बुद्ध जयन्तीको रुपमा भव्यताको साथ क्षेत्रका सबै बौद्ध गुम्बाहरुमा पालन गरियो। पेशोक चियाबारीको टाँसी छ्योइलिङ गुम्बा, लप्चु चियाबारीको टाँसी छ्योइलिङ सार्वजनिक गुम्बा, पद्म छ्योइलिङ बुद्धिष्ट मोनास्ट्री तक्दाह चियाबारी, अप्पर लामाहट्टाको थेक्छेन छ्योइलिङ मनी गुम्बा, झ्याङछुप छ्योइलिङ दोछिन गुम्बा एवं संलग्न क्षेत्रका बौद्ध गुम्बाहरु लगायत तक्लिङ, सोरेङ, चेग्रा क्षेत्रका बौद्ध गुम्बाहरुमा पनि २५७० औं बुद्ध जयन्ती भव्यता अनि सभ्यताको साथ पालन गरियो भने गुम्बाहरुमा बिशेष आगमन भएका धर्मगुरुजनको करकलम बाट भक्तजनहरुलाई वाङ अभिषेक साथै आशिर्वाद प्रदान गरिएको छ् ।

Comments

Popular posts from this blog

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण