लोअर लामाहट्टामा रिता मुखियाको घर जलेर स्वाहा


पेशोक न्यूज:३० अप्रेल ।
रंगली रंगलीयट खण्ड अधिनस्थ लामाहट्टा ग्राम पञ्चायतको वार्ड्नंवर एक निवासी रिता मुखियाको घर हिजो साँझ ६:३० बजे आगलागीमा परेर स्वाहा भएको छ् । आगलागीको कारण घरमा जलाएको मोम बत्ती बाट भएको पिडीता रिता मुखियाको भनाई रहेको छ्।  आगलागिको कारण आफू बाहेक कुनै पनि समान निकाल्न नसकेको पिडीता रिता मुखियाले बताए। हिजो ६:३० बजे भएको उक्त आगलागिलाई  नियन्त्रणमा लिन गावँवासीले सक्दो कोशिष गरे तापनि घर पुर्णरुपमा नष्ट भएको बताइएको छ् ।

     बिजुली नभएको कारण रिता मुखियाले घरमा मोम बत्ती जलाएर खाना रोटी बनाउन लागेको समय उक्त आगलागी भएको पिडीता रिता मुखियाले सबैको सामु बताए।  
आज बिहान आगलागी घट्नाको जानकारी पाएर आर आर खण्ड कार्यलय, खण्ड पञ्चायत समितिका सहकारी सभापति, सभासद प्रणाम रसाईली, क्षेत्रीय सभासद सन्नी बम्जन, लामाहट्टा ग्राम पञ्चायत प्रधान मञ्जु वाईबा, खरसाङ विधानसभा प्रार्थी बन्दना राई, ग्रामवासी, विद्युत विभागीय अधिकारी, भागोप्रमो समष्टि महासचिव सुशोभित गुरुङ आदिले आगलागी स्थलको भ्रमण गरे। महासचिव सुशोभित गुरुङ साँझ घट्ना स्थलमा उपस्थित थिए। 
       हिजो साँझ भएको आगलागीलाई लिएर सभासद रसाईली, महासचिव गुरुङ अनि क्षेत्रीय सभासद बम्जनले  चिन्ता व्यक्त गरे। क्षेत्रमा अहिले घाम लाग्दा, हावा आउदा, पानी आउँदा पनि बिजुली नआउने क्रम नियमित रहेको गम्भीर बिषय बताए । यस बारे क्षेत्रवासीले धेरै चोटी विभाग संग बात गरेको बताए। बिद्युत अनियमितताको कारण पनि मानिसहरु मोमबत्ती जलाउन बाँध्य छन् । तक्दाह-ग्लेनबर्ण समष्टि महासचिव सुशोभित गुरुङले आगलागी मोम बत्ती बाट भएको भए तापनि यदि बिद्युत अनियमितता बारे चिन्ता व्यक्त गरे। पार्टीको तर्फ बाट पिडीताको पुनर्वास एवं केही राहतको व्यवस्था गरिएको जानकारी गराए। सभासद प्रणाम रसाईलीले घट्ना प्रति चिन्ता व्यक्त गर्दै पिडीताको घर निर्माणको निम्ति पहल चाँडै गरिने जनाए भने क्षेत्रको बिद्युत अनियमितताको समस्या लिएर विभाग संग पनि जोगाजोग गरिने बताए क्षेत्रमा विद्युत अनियमितताको समस्या गम्भीर समस्या बनेको सभासद बम्जनको भनाई छ् भने यस क्षेत्रमा आगलागीको घट्ना यो मात्र नभएको भन्दै विगतमा पनि धेरै भए भन्दै सभासद बम्जनले पिडीता रिता मुखियाको पुनर्वासको निम्ति सबैले सहयोग गरिदिने अपिल गरे। यस सहयोग कार्यमा आफुले जे पनि सहयोग गर्ने बताए। घट्ना बारे कार्यलयमा सभा बसेर अघिल्लो कदम चालिने लामाहट्टा ग्राम्न्पञ्चायत प्रधान मञ्जु वाईबाले बताइन् भने खरसाङ विधान सभा समष्टि का प्रार्थी बन्दना राईले सिंगल महिला पिडीता रिता मुखियाको सहयोगको निम्ति सबैले पहल गरिदिने अपिल गरिन् ।

Comments

Popular posts from this blog

ललित राईले पनि दिए सहकारी सभापतिको पद बाट राजिनामा

आईजीजेएफ प्रार्थी बन्दना राईले गरे तक्लिङ-पेशोक समष्टि क्षेत्रको भ्रमण

ग्लेनबर्ण फाट्क देखि शिकारीधुरा सम्मको सड्क निर्माणकार्य मा उठ्यो धाँधलीको प्रश्न